गुल्मीमा तोकिए नयां शक्तिका संयोजक

प्रकाशित मिति:

नयाँ शक्ति पार्टी नेपाल गुल्मीले जिल्लाका बिभिन्न क्षेत्रमा पार्टीका गतिविधी तिव्र बनाउनको लागि बिभिन्न निर्णय गरेको छ ।नयाँ शक्ति पार्टी नेपाल गुल्मी संयोजक तेजेन्द्र थापाको अध्यक्षता बसेको जिल्ला समन्यव समितिको पुर्ण बैठकले पार्टी ५ महिनामा ५ परिमाण अभियान संचालन गर्नको लागि ११ सदस्य परिचालन सचिवालय गठन गरेको छ ।  जिल्लामा तिन बटा अभियान टीम बनाए काम गर्ने निणर्य गरिएको बैठकपछि जारी प्रेश विज्ञप्तीमा उल्लेख छ । घुर्ब कुवंरको संयोजकत्वमा गठन भएको टिमले जिल्लाको मादाने, मालिका,धुर्कोट गाउँपालिका हेर्ने छ ।टीमको सदस्यमा राजेन्द्र जि.सी र विष्णु जि.सी.रहेका छन् । धुर्व कुवरको संयोकत्वमा गठन भएको टिमले रेसुङ्ग नगरपालिक सहित मुसीकोट गुल्मीदरबार,छत्रकोट र रुरु हेर्ने गरि गठन गरिएको छ । यस्तै मदन बहादुर खत्रीको संयोजत्कवमा घनश्याम पाण्डे,जनक पन्थ र बाँस बहादुर थापा रहेको टिमले चन्द्रकोण , सत्यवती रकालिगण्डकी हेर्न गरि गठन गरिएको छ । पार्टिका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश न ५ का संगठन बिभाग प्रमुख यज्ञ पोख्रेलको प्रमुख आतिथ्यमा बसेको बैठकले पौष महिना भित्र ११०० सदस्यता बितरण गर्ने निर्णय गरेको छ ।

यस्तै बिभिन्न बिभाग पनि गठन गरेको प्रमुख घनश्याम पाण्डे ,आर्थिक बिभाग प्रमुख धुर्ब कुवर,समाजिक परिचालन तथा राजनितिक सम्वाद प्रमुख गणेश कुवर प्रचार बिभाग प्रमुख जनक पन्थ र कार्यालय प्रमुखमा पदम बहादुर खत्रीलाई चयन गरिएको बिज्ञप्तीमा उल्लेख छ ।