काठमाडौं- नेपाली कांग्रेसका नेता महेश आचार्यले उपसभापतिमा उमेदवारी घोषणा गरेका छन्। काठमाडौंमा एक कार्यक्रम गर्दै उनले आफ्नो दाबी अघि सारेका हुन्। उनले अहिलेसम्म आफू कुनै प्यानलमा नरहेकोसमेत बताएका छन्।
शनिबार बिहान उमेदवारी घोषणा गर्दै उनले पार्टीको रुपान्तरण र अघि बढाउनका लागि आफूले कसैको प्यानलमा नलागेर उम्मेदवारी दिन लागेको दाबी गरे। आचार्य रामचन्द्र पौडेलनिकट नेता हुन्। शुक्रबार रातिसम्म सहमतिमा सभापतिको उम्मेदवार बनाउन उनले पहल गरेका थिए।