९१ वर्षीय कार्कीले दिइन् कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

प्रकाशित मिति:

२५ मंसिर, काठमाडौं । वीरगञ्जकी उपमेयर शान्ति कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । ९१ वर्षीय कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । स्वच्छ काङ्ग्रेस र महिला अधिकारको लागि आफूले उम्मेदवारी दिएको उपमेयर कार्कीको बताइन् । वीपीबाट प्रभावित भएर काङ्ग्रेसमा सक्रिय भएको उनको भनाइ छ ।