ॐ आजबाट पञ्चक आरम्भ, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ मंसिर २७ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको २७ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको षष्ठी तिथि राति १०।३६ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति पनि वृश्चिक राशिमा छन् । धनिष्ठा नक्षत्र बेलुका ५।४२ बजेसम्म रहनेछ । यसैगरी आज हर्षण योग कौलव करण रहेको छ । आज सूर्योदय ६।४७ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् ।

आजबाट पञ्चक आरम्भ भएको छ । धनिष्ठा नक्षत्रका दिनदेखि रेवती नक्षत्रसम्म पाँच दिन रहने भएकाले यो समयलाई पञ्चक भनिन्छ । पञ्चकमा घर छाउने, मह काड्ने लगायतक केही कार्य निषिद्ध रहन्छन् । पञ्चकको मरण पनि शुभ मानिदैन ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५