२० औं शताब्दीका विवादित आध्यात्मिक गुरु ओशो, थियो ९० वटा रोल्स रोयस

प्रकाशित मिति:

आचार्य रजनीश ‘ओशो’लाई २० औं शताब्दीका विवादित आध्यात्मिक गुरुमध्ये प्रमुख मानिन्छ। उनी, ती मानिसहरुमा पर्थे जसले सबै धर्मको खण्डन गरेर एक अलग आध्यात्मिक समुह बनाएका थिए। ‘संभोग से समाधी की और’ सहित अन्य सयौं पुस्तक लेखेर चर्चामा आएका थिए ओशो।

आफ्नो स्पष्ट तथा चतुरतापूर्व विचारले उनी विवादमा रहे। जसले विचार व्यक्त गर्छ, उसलाइ धनी तथा बुद्धिमानले व्यक्तिले मात्र बुझ्न सक्छ भन्ने गर्थे उनी। अध्यात्म गरिबको लागि होइन, जो आफ्नो जीवन गुजार्न संघर्ष गरिरहेको हुन्छ उसले अध्यात्म बुझ्न नसक्ने ओशोको ठम्याइ थियो। उनले स्वमंलाई सन् १९७१ मा भगवान रजनीश मानेका थिए।

९० वटा रोल्स रोयस कार

एक साक्षात्कारमा ओशोले स्वीकार गरेका थिए कि उनीसंग ९० वटा रोल्स रोयक कार छ। उनले भनेका थिए,’मेरा शिष्य चाहन्छन् कि मंसग ३६५ वटा रोल्स रोयस कार होस्, ताकी म दिनहुँ नयाँ कारमा बस्न सकुँ। तर, म केवल एक घण्टाको लागि ड्राइभमा निस्कन्छु। मेरो लागि यी कारको कुनै मूल्य छैन, तापनि मेरा भक्त चाहन्छन् कि म यी कारमा बसुँ। उनीहरुलाई यसबाट सुख मिल्छ र म उनीहरुको सुख छिन्न सक्दिन।’

‘म धनीहरुकै गुरु हुँ’, उनी भन्थे, ‘रोल्स रोयसमा हुने खर्चमा मानिसहरु सवाल उठाउँछन्, तर मेरो शिष्यहरुलाइ यसको चिन्ता छैन।’ आचार्य रजनीशको पुरा जीवन रहस्यमय रहेको छ।

अमेरिकामा गिरफ्तार

आचार्य रजनीश जून १९८१ मा आफ्नो शिष्यहरुसंग तामझामसंग अमेरिका हिडेका थिए। जहाँ ६४ एकडमा रजनीशपुरम स्थापना भयो। रजनीशपुरमको आफ्नै प्रहरी, न्यायलय अनि अस्पलात थियो। सन् १९८५ मा अमेरिकी सरकारले नशालु पदार्थ र अन्य आरोपको जाँच सुरु गर्यो। सन् १९८५ अक्टोबर २८ मा उनी गिरफ्तार भए। उनलाई बिना सर्त रिहा पनि गरियो। २१ देशले उनलाई भिसा दिन मानेन र सन् १९८६ जुलाइ २९ मा उनी पुन: भारत फर्के।

दर्शन शास्त्रमा एमए

आचार्य रजनीशको जन्म सन् १९३१ डिसेम्बर ११ मा भारतमा भएको थियो। उनको नाम चन्द्रमोहन जैन थियो। उनलाई २१ मार्च १९५३ मा मौलश्री वृक्षको फेदमा बसेको बेला ‘दिव्य ज्ञान’ प्राप्त भएको विश्वास गरिन्छ। उनले दर्शन शास्त्रमा एमए गरेका थिए। केही वर्ष अध्ययन-अध्यापन पछि सन् १९६२ मा उनले पहिलो ध्यान केन्द्र सुरु गरे र १९६८ मा ‘सेक्स से समाधि तक’ पुस्तक प्रकाशन गरेपछि उनलाई ‘सेक्स गुरु’को नामले चिनिन लाग्यो। उनको फरक ध्यान पद्धतीले युवा वर्ग उनीतर्फ आकर्षित भएका थिए। सन् १९९० जनवरी १९ मा उनको मृत्यु भयो।