के नेपालबाट गिद्ध लोप हुँदैछन् ?

प्रकाशित मिति:

डा. केदार कार्की- गिद्धहरु प्राकृतिक कुचिकार हुन् जसले ठूला जनावरको लाश खाएर वातावरण सफा गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । सितालाई रावणको चंगुलबाट बचाउन लाग्दा गिद्धको राजाले आफ्नै बली दिएको कुरा हिन्दु धर्मग्रन्थ रामायणमा वर्णन गरिएको पाइन्छ । जोरोष्ट्रियनवादको अनुयायीहरु परम्परागत रुपमा लाशहरु तह लगाउने काममा गिद्धमाथि आश्रित थिए । त्यसैले पारसी समुदायका लागि धेरै शताब्दीसम्म महत्वपूर्ण पारिस्थितिक प्रणाली सेवा पु¥याउन गिद्धले पद्दत गरेको देखिन्छ ।

वातावरणीय भूमिका- नेपालमा करिब १५००० देखि २०००० गिद्धहरु भएको अनुनमान गरिएको छ । सेतो रम्पेड र पातलो बिलेड ती मध्येका हुन् । गिद्धहरुलाई खुल्ला देख्न सकिन्छ । तिनिहरुले द्रतगतिमा लावारिस लाशहरु उपभोग गरि वातावरणको स्वच्छता राख्ने काममा महत्वपूर्ण भूमिका खेल्दछन् । सन् १९९५ देखि २००९ सम्ममा करिब ९०% सेतो रम्पेड तथा पातलो विलेड गिद्धहरुको संख्या घटेर गएको अध्ययनहरुले देखाउँदछ । हालका वर्षहरुमा सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रले गिद्ध संरक्षणका लागि केही प्रयास गर्न लागकेो पाइन्छ । उदाहरणस्वरुप गिद्ध प्रजनन् केन्द्र स्थापना गरिउको छ । गिद्ध भोजनालयको स्थापना तथा गिद्ध संरक्षण प्रतिष्ठानहरु गठन गरिएका छन् । गिद्धहरु वातावरणको प्राकृतिक सफाइकर्ता हुन । तिनी मृत एवं कुहिएको जनावरको लाश खाने गर्दछन् जसर्ल गर्दा माटोमा खनिज फिर्तिको प्रकृयालाई बढावा दिन्छ यसका अतिरिक्त लाशलाई निपटारा गरेर तिनले रोग फैलने प्रक्रियालाई अवरोध पु¥याउँछन् । गिद्धको अभावमा कृन्तक तथा भुस्याहा कुकुरहरुको संख्या बढ्ने कारणले गर्दा रेविज जस्ता रोग फैलाउन सहजीकरण गर्न सक्छ । दक्षिण एसियाक्षेत्रमा गिद्धका विभिन्न नौ प्रजाति रहेका छन् । ती मध्ये नेपालमा ६ वटा प्रजातिका गिद्धहरु रहेका छन् तिनीहरु सेते रम्पेड (जिप्स बेगालेन्सीस) पातलो विलेड –जिप्स टेनुइरोस्ट्रीस) । इजिप्सीयन गिद्ध (मियोफ्रोन परसेनोप्टेरस) रातो टाउके गिद्ध (सारकोजिप्स कालभस) हिमालयन ग्रिफोन (जिप्स हिमालाएनसीस) र लाम्मेरजीएर गिद्ध (जिपिएटस बारबाटस) हुन् ।

अन्तराष्ट्रिय प्राकृतिक संरक्षण संघ  का अनुसार कारक तत्व क्रियाशील भइरहेको बेला जसको बाँच्ने सम्भावना कम भएका तथा लोप हुन सक्ने जोखिममा हुन्छन् ती प्रजातिलाई खतरामा रहेको प्रजाति मानिन्छ । आर्कोतिर लोप हुने उच्च जोखिममा रहेका जंगली प्रजाति जनु निकट भविष्यमा हराएर जाने सम्भावना भएका प्रजातिलाई आलोचनात्मक लुप्त प्राय प्रजाति भनिन्छ । नेपालमा गिद्धको अस्तित्वका लागि मुख्य खतराको रुपमा एनालजेसिक डिककलोफेनाकको भेटेरिनरी औषधिको रुपमा प्रयोग, आवाश विनास, किटनाशक प्रदूषण, सुस्त प्रजनन् दर, शवहरुको कमी, विषाक्त शव खाने खुवाउने तथा कानूनी सुरक्षाको अभाव देखिन्छ ।अध्ययनहरुले इङ्गित गरेका छन् कि डिकलोफेनाक एक प्रकारको एन्टी इन्फालामेन्टरी औषधी जुन पशुहरुको उपचारमा प्रयोग गन्छि नै गिद्धको संख्यामा कमी आउनुको प्रथम दृष्टिय कारक हो । जसलेगर्दा गिद्धहरु डिकलोफेनाकको सम्पर्कमा त्यतिबेला जब तिनले यस औषधिको विशाक्त युक्त अवशेषसहित पशुको लाश आफ्नो भोजनको रुपमा प्रयोग गर्दछन् । यसबाहेक अरु पनि कारक जस्तै, वनजंगल मसिनु अनि खचानेकुराको न्यूनता पनि यसको लागि जिम्मेवार मानिन्छन् जनु गिद्धहरुको अस्तित्वको लागि खतरा हुने गर्दछन् । गाइभैंसीहरको जोनी दुखाईको उपचार गर्न डिकलोफेनाक प्रभावकारी मानिन्छ । त्यसैले डिकलोफेनाक पशुहरुमा दुखाइबाट छुटकारा पाउन नेपाल भारतमा बृहतपमा प्रयोग हुने गरेको छ । पशुहरुको शारीरिक प्रणालीबाट यो औषधी बाहिर निकाल्नलाई मृगौलाले लामो समय लिने हुँदा मृत्यु पछि पनि यो औषधिको पशुहरुको शरीरमा रहिरहन्छ । गिद्धहरुले डिकलोफेनाक संदूषित सिनो खाँदा यसको कुप्रभावका कारण तिनको मृगौलाले काम गर्न छाड्छ जुन गिद्धहरुको मृत्युको कारण बन्न जान्छ ।

टिकनाशकहरुको प्रदूषण, संप्रदूषणलाई पनि गिद्धहरु मर्ने खतरा मानिन्छन् । क्लोरिनेटेड हाइड्रा कार्बन, ङिङिटी (डाइक्लोरो डाइफेनाइल ट्राइक्लोरोइथेन) जुन किटनाशकको रुपम ाप्रयोग गरिन्छन् । खाद्यश्रृङखलाको माध्यमबाट गिद्धको शरीरमा प्रवेश गर्दछन् । यसजले गिद्धको शरीरमा इस्ट्रोजन हर्मोनको गतिविधिमा हस्तक्षेप गरी असर पु¥याउँछ । जसको परिणाम स्वरुप फूलका बोक्रा कमजोर हुँदा फलस्वरुप समयपूर्व फूल कोरलीन पुग्दा भू्रणहरुको मृत्यु हुने गर्दछ । गिद्धहरुले प्रतिप्रजनन् मौसममा एउटा मात्र फूल पार्ने हुँदा प्राकृतिक रुपमा यिनको प्रजनन दर सुस्त हुन्छ । गाइ वस्तु मार्ने मांसाहारी पशुलाई मानै चारोको रुपमा प्रयोग गरिने विषालु सिनो पनि नेपालमा गिद्धका लागि खतरा मानिन्छ । दुर्घटनावश गिद्धले त्यस्ता सिनो खाँदा गिद्धहरुको मृत्युको कारण बन्दछ ।

वन्यजन्तु शिकारीहरुले वन्यजन्तुको छाला, हात्ति दाँत, विना, सिङ्ग, पित्त, मृगको सिङ्ग जस्ता व्यापारिक अंगहरु हात्ति, बाघ, गैंडा, मृग, भालु, कस्तुरीबाट निकल्न पनि वन्य जन्तुलाई विष हाली मार्ने गर्दछन् र ती अङ्गहरु मरेको जनावरबाट निकान्छन् । त्यस्ता विषादी प्रयोग गरी मारेका वन्य जन्तुको सिनो गिद्धले खाँदा घातक हुने गर्दछ । पारिस्थितिक रुपमा महत्वपूर्ण मानिएको गिद्धहरु लोपोन्मुख अजा सबैको चिन्ता र चासोको विषय भएको छ । जतिबेला गिद्धहरु प्रशस्त मात्रामा थिए जंगली कुकुरको संख्यामा ह्रास भएको पाइन्छ । जनु अनुपातमा गिद्धहरु नासिदै मासिदै गए त्यसै अनुपातमा जंंगली कुकुरहरको संख्यामा बृद्धि हुने गर्दछ । यसरी कुकुरको अनियन्त्रित संख्या बढ्दा रेविजसँग सम्बन्धित मृत्युको दर पनि बढ्ने जोखिम बढेर जानछ । जंगली चितुवा, बाघ, स्याल, व्वाँसोको नेपालमा दुर्गम ग्रामीण क्षेत्रमा बढ्दो आक्रमण पनि गिद्धको संख्याम भएको न्यूनतालाई मानिन्छ । यथार्थमा जंगली कुकुरहरुको गुणा बृद्धिले नै चितुवाले यी जंगली कुकुरको शिकार गर्ने क्रमभ बढ्ने गुणात्मक रुपले बढ्ने गर्दछ । त्यसैले चितुवाहरुले यी मुस्याहा जंगली कुकुरहरुको शिकार गर्न मानव वस्तीहरुमा आक्रमण गर्दछन् । जुन यदाकदा मानीवय आक्रमणहरुमा परिणत हुन जान्छ ।

यद्यपि सरकारीस्तरबाट दोषि औषधी डाइक्लोफेनाक माथी प्रतिवन्ध लगाइएको छ र यसको विकल्पका रुपमा मालोकसीकाम प्रयोग गर्न सिफारिस गरकेो छ। तर पनि पछिल्लो औषधी आज पनि गैह्र कानूनी रुपमा लुकिछिपी वारम्बार नेपालका किसानले प्रयोग गरिराखेका छन् जसको फलस्वरुप नेपालमा गिद्धहरु मर्नेक्रम जारी नै छ भन्न केको आइतबार कुर्ने ?आज गिद्धहरु नेपालबाट हराउँदै जानु एउटा गम्भीर चिन्ता र चासोको विषय बनेको छ । र तत्कालको आवश्यकता यो बहुमुल्य चरा संरक्षण गरिनु हो । डिकलोफेनाकको भ्रमावकारी बैकल्पिक औषधिको विकाश गर्नु पर्ने तथा वर्तमानमा उपलब्ध मेलोकसीकामलाई अनुदानित गर्नुपर्ने आवश्यकता डट्कारो रुपमा देखिएको छ । नियन्त्रित प्रजनन् गिद्धहरुलाई पुनः जंगली अवस्थामा पुनस्र्थापना गर्ने गरी बन्धन–प्रजनन् कार्यक्रम संचालन गर्ने, लोपोन्मुख तथा न्यून सरोकारयुक्त गिद्ध प्रजातिलाई बचाउने प्रयास गरी संरक्षण तथा बचाउने प्रयास गरिनु पर्दछ । गिद्ध भोजनालयहरु जहाँ विष, विषाक्तिमुक्त, स्वच्छ, सफा तथा स्वस्थ्य पानीको प आपूर्ति, हाडाखोर अनि बसरा सहित स्थापना गरिनु पर्नेछ । यो लोपोन्मुख प्रजातिहरुको तिनकै प्राकृतिक वासस्थानमा गरिने गराउने बश बृद्धि एवमु संरक्षणको उत्कृष्ट नमूनात्मक माध्यम हुनेछ । गिद्धहरुको नासिदै मासिदै गरेका प्राकृतिक वासस्थ्य पुर्नस्थापित गर्नु आवश्यक छ । यस बाहेक कृषिक्षेत्रमा बलाी नाली बोट विरुवामा लाग्ने किरा फट्याङ्ग्रा नियन्त्रण गर्ने क्लोरिनेटेड हाइड्रकार्वन, डि.डि.टी. जस्ता किटनाशक औषधिहरुको प्रयोग पूर्णरुपमा निषेध गरिनु पर्ने हुन्छ । अनि मात्र यी प्रकृतिका कुचिकार सुरक्षित मात्र हुने छैनन्, हाम्रो वरिपरिको वातावरण पर्यावरण अनि पारिस्थितिक प्रणाली सुरक्षित रहने छ । अनि मात्र मानव जनसमुदाय पनि सुरक्ष्पित रहने छ, अन्यथा हामीले जलवायु परिवर्तन वैश्वीक तापमानले पार्न असर बारे विश्वव्यापीरुपमा भजन कीर्तन गाएर हिँड्दा त कोभिड–१९ को त्रासमा बाँचुन परेको छ । भने रामायणकालमा सितालाई रावणको चंग्ुलबाट बनाउन गिद्धहरुको राजा जटायु त थिए तर आजको एक्काइसौं शताब्दीमा उत्तर आधुनिक प्रविधियुक्त मानवीय सभ्यता बचाउन सक्ने जटायु सुदुरक्षितमा कतै देखिएका छैनन् । कोभिड–१९ बाट छुटकारा गराउने । यसैले यी प्रकृतिका कुचिकारको अस्तित्वसँग हाम्रो अस्तित्व गाँसिएको हुन्छ ।