मेरिल्याण्डको बाल्टीमोरमा गाडिले ठक्करदिदा नेपालीको मृत्यु

प्रकाशित मिति:

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो‘

समय आफ्नो वशमा हुने भैदिए
हुने थिएनन दुस्ख-पिडा, जलन-रोदनस
न त आफ्नो न त नै पराइ,
ठूलो न सानो, बराबर सबै यसका लागि,
वहाउँछ निमेषमा, समेट्दै वेगमा
मात्र छोडदछ वेदना
समय पनि कस्तो क्रूर हो – कति विघ्न निर्दयी

डिसी महानगर क्षेत्र । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टीमोरमा गाडिले ठक्करदिदा नेपालीको मृत्यु भएको छ । उक्त घटना गत शनिबार बिहान १२ : २५ मिनेटमा बाल्टिमोर काउन्टी स्वयमसेवक अग्नि नियन्त्रणले सामाजिक संजाल ट्वीट मार्फत जानकारी गराएका छन् ।भर्खर ३१ वर्षमा प्रवेश गरेका युवा सुनिल बराइलीको उक्त सवारी साधन दुर्घटनामा निधन भएको छ । उक्त घटना पछि मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी ,नासोका अध्यक्ष राजेन्द्र सेन्चुरी ,बानाका अध्यक्ष सुबोध पन्त ,म्याग्दी समाजका उपाध्यक्ष भिम केसी ,एनआरएनए मेरिल्याण्डका अध्यक्ष राजु पराजुली ,साथी बाल्टिमोरका रमेश भट्ट नेपाली छोरो लगायत पीडितको आवास गृह अपार्टमेन्ट मा पुगेका थिए ।

गत शनिबार नै उनका साथीभाई ,समुदाय तथा न्यूयोर्क समेतबाट समुदाय सदस्यहरु त्यहाँ पुगेका थिए । सबैले ज्यादै अकल्पनीय र ज्यादै दुखद घटना भएको भन्दै दुख ब्यक्त गर्दै समवेदना दिएका छन् । उक्त घटनाले खबरले सबैलाई स्तब्ध बनाएको छ भनि नासोका अध्यक्ष राजेन्द्र सेन्चुरीले ईनेप्लिजलाई जानकारी दिए। दुर्घटनामा देहावसान भएको खबरले समुदायलाई मर्माहत पारेको सेन्चुरीले बताए । उनको शव परीक्षणको लागि काउन्टीको शव परीक्षण केन्द्रमा लागिएको छ ।

स्व सुनिल ज्याम्रुक कोट, म्याग्दीका हुन् भने हाल मेरिल्याण्ड राज्यको बाल्टीमोरमा श्रीमती, एक छोरा र एक छोरी सहित बसोवास गर्दै आएका थिए । शनिबार बिहान १२ : २५ को समयमा सवारी साधन उबरको कामको क्रममा बिपरित दिशा तर्फबाट वेगमा आएको गाडिले ठक्कर दिँदा घटनास्थलमै उनको निधन भएको थियो ।पारिवारिक सदस्यहरु मध्येका एकको जानकारी अनुसार गत शुक्रवार राती खानापिन गरि काममा निस्किएका थिए। काम सके पछि व्यक्ति घर आउनुको सट्टा भोलिपल्ट शनिवार बिहान बाल्टिमोर काउन्टी प्रहरीद्वारा मृत्यु भैसकेको अप्रत्याशित पिडादायी खबरले हामी सबैलाई भावविह्वल बनाएको छ भनि समुदायले दुख व्यक्त गरेका छन् । दिवंगत आत्माको चीर शान्तिको हार्दिक कामना गर्दै पीडित परिवार आफन्तजनहरुमा गहिरो समवेदना प्रकट गर्दछौं भनि समुदायले सन्देश इनेप्लिज मार्फत दिएका छन् ।@enepalese.com