नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपमा स्वास्थ्य शिविर

प्रकाशित मिति:

काठमाडौँ, २८ मङ्सिर -नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिनुभएको छ ।महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवं नेता मोहनबहादुर बस्नेत संयोजक रहनुभएको स्वास्थ्य समिति गठन गरेको थियो । शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी उच्च रक्तचाँप र मधुमेह सम्वन्धी परीक्षण गराउनुभएको डा। हेमन्त गौतमले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निशुल्क औषधी प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउने मध्य केहीमा सामान्य रुघाखोकी र झाडापखाला सम्वन्धी समस्या देखिएको पनि डा। गौतमले बताउनुभयो । कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्येनजर गरी शिविरबाट महाधिवेशन प्रतिनिधिलगायतलाई मास्क र स्यानिटाइजर निशुल्क वितरण वितरण गरिएको छ ।

साथै समितिले मतदान प्रवेशद्वारमा पुरै शरिर स्यानिटाइज हुने व्यवस्था मिलाएको छ । महाधिवेशनका लागि स्वास्थ्य सेवा विभाग र औषधी उत्पादक कम्पनीले निशुल्क औषधिको व्यवस्था गरेको हो । महाधिवेशनका लागि नरदेवी आयुर्वेदिक अस्पतालबाट औषधीसहित कविराजको टोली पनि खटिएको छ ।