किन कारबाहीमा परिन् विवेकशील साझाकी ३ नं. प्रदेश संयोजक ?

प्रकाशित मिति:

काठमाडौं, २७ मंसिर । विवेकशील साझा पार्टीले प्रदेश नम्बर ३ की संयोजक समीक्षा बास्कोटालाई आन्तरिक कारबाहीका लागि सिफरिस गरेको छ । अनुशासन विपरीत चलेको भन्दै उनलाई कारबाहीका लागि सिफरिस गरिएको विवेकशील साझाले जनाएको छ ।

स्वायत्त न्याय तथा सुशासन आयोगले गत श्रावण १८ र १९ गतेका घटनामाथि बास्कोटाबारे अनुसन्धान गरेको थियो । श्रावण १८ गते पार्टीको बखुन्डोलस्थित मुख्यालयको गेटमा पुरुष साथीहरुले आफूलाई जिस्काएको आरोप उनलको थियो । तर अनुसन्धानमा त्यस्तो नपाइएपछि पार्टीकै इज्जतमा असर परेको भन्दै उनीमाथि कारबाहीको सिफरिस गरिएको छ ।

सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्दा उनीले दाबी गरेअनुसार कुनै पनि कुरा नपाइएपछि उनलाई नै कारबाहीका लागि पार्टीले सिफरिस गरेको हो