जनसम्पर्क समीतीमा देखिएको समस्याको हल महासमीती वैठकले गरोस् : उमा शाह 

प्रकाशित मिति:

प्रध्यापक संघ हुदै नेपाली कांग्रेसमा विभिन्न पदमा रहेर काम गरी सक्नु भएकी अमेरीकामा रहेर विभिन्न समाजीक सेवामा कृयाशील नेपाली कांग्रेसकी नेतृ तथा नेपाली जन सम्पर्क समीती अमेरीकाको सल्लाहाकार उमा शाह संग सममामयीक विषयमा गरीएको कुराकानी
नेपाली काग्रेसको राजनीतीमा कसरी प्रवेश गर्नु भयो ?
विपीको प्रजातान्त्रीक समाजवाद वाट प्रेरीत हुदै प्रजातान्त्रीक समाजवादवाट देशको परीवर्तन सम्भव छ भन्ने महशुस गरेर पार्टीमा लागेकी हु पार्टीमा लागेसंगै नेपाली काग्रेंसका पुर्व पार्टी सभापती मैले उहालाई राजनीती गुरु शुशील कोईरालाको प्रेरणावाट नेपाली कांग्रेसको राजनीतीमा सकृय रुपमा लागीरहेको छु । उहांको सादगी जिवनवाट म प्रभावीत छु । उहा प्रधानमन्त्री नभएको भए संविधान पनी आउने थिएन । लखनाउ विश्वविद्यालयवाट अग्रेजी साहीत्यमा एम ए गरेपछी मैले पेशागत रुपमा २२ वर्ष सम्म प्रध्यापन पेसामा काम गर्ने अवसर पाए । प्रध्यापक संघमा काम गर्ने क्रममा २०४६ आन्दोलनमा क्याम्पस तथा जिल्ला नेविसंघको परीचालनमा रहेर काम गर्ने अवसर पाए त्यती वेला आन्दोलनलाई कसरी आगाडी वढाउने भन्ने जिम्मेवारी मेरो काधमा थियो । प्रध्यापन गर्ने क्रममा प्रजातान्त्रीक प्रध्यापक संघमा विभिन्न पदमा रहेर धैरै समय काम गर्ने अवसरपनी प्राप्त गरेकी थिए । त्यसपछी नेपाली कांग्रेस वाकेको २ वर्ष सम्म जिल्ला सचीवमा रहेर काम गर्ने अवसर प्राप्त गरे त्यस्तै नेपाल महीला संघको केन्द्रीय सदस्य, राष्टीय महीला आयोगको प्रथम सदस्य भएर काम गर्ने अवसर पनी प्राप्त गरे । यस्तै म स्व शुशील कोईरालाको सानिध्यमा रहेर काम गर्ने अवसरपनी पाए ।२०५६ सालको आम निर्वाचनमा शुशील कोईरालाको निर्वाचन प्रचार प्रसार समीतीको संयोजकको जिम्मेवारी लिएर काम गर्ने अवसर पाएकी थिए ।
कुन कुन जिम्मेवारीमा रहेर काम गर्नु भयो ?
मेरो राजनीतीक यात्रा प्रध्यापक संघवाट शुरु भएको हो । महेन्द् वहुमुखी क्याम्पस मा नेपाल प्रध्यापक संघको केन्द्रीय सदस्य हुदै नेपाल महीला संघ वाकेको उपसभापती भएर काम गर्ने अवसर पाए त्यस क्रममा सकृय रुपमा म राजनीतीमा लागेकी थीए । त्यसवेलानै म वांकेको नेपाली काग्रेस जिल्ला कार्यसमीतीको सदस्य हुने मौका पाएकी थिए भने पोखराका भएको महाधिवेशनमा महाधिवेशन प्रतिनीधी त्यसपछी प्रध्यापक संघको केन्द्रय सदस्य हुदै महीला संघको केन्द्रय सदस्य भए ,नेपाली कांग्रेस वांकेको जिल्ला सचीवका साथै वक्ताको जिम्मेवारी लिएर काम गरे । महीला आयोगको संस्थापक सदस्य हुदै अहीले जनसम्पर्क समीती अमेरीकाको स्थापनाकाल देखिनै सल्लाहाकारको भुमीकामा छु ।
अन्य संस्थाहरुमा पनी आवद्य पनी हुनु भयो की ?
म नेतृत्व विकास संगै वहुआयामीक व्यक्तीत्व निमार्ण गर्न सहयोगी संस्था जेसीसमा रहेर अभियानमा पनी सहभागी भएर काम गर्ने अवसर पाए । नेपालगन्ज जेसीजको स्थापना पनी हामीलेनै गरेका हौ । जापानमा भएको जेसीआईको अन्तराष्टीय सम्मेलनमा म नेपाल जेसीजेको तर्फ वाट प्रतिनिधीत्व गर्ने अवसर पाएको थिए । त्यस्तै मेरो भिनाजुको स्मृतीमा हामीले ट्रस्टको स्थापना गरेका छौ त्यस मार्फत खेलक्षेत्रमा योगदान पुर्याउने काम गरीरहेका छौ ।
नेपालमा राजनीती गर्दा गर्दै कीन अमेरीका लाग्नु भयो ?
म नेपालमा वसेर राजनीती गर्ने रहर थियो ।राजनीतीमा विभिन्न तहमा रहेर काम गर्दै वांकेको जिल्ला सचीव पनी भएकी थिए । नेपालमा भएका परीवर्तनका आन्दोलनमा म सकृय सहभागी भएकी थिए २०६२,६३ को जनआन्दोलनमा पनी सकृय सहभागी हुने अवसर प्राप्त गरेकी थिए राजनीती अगाडी वढीरहेको थियो तर पनी म अमेरीका जान वाध्य भए । त्तकालीन क्षेत्रीय सभापती मेरो भिनाजु शंकर वहादुर शाह लाई तत्कालीन नेकपा माओवादीले हत्या गरेपछी मलाई राजनीतीमा नलाग्न परीवारीक दवाव थियो । आन्दोलन सकीएपछी माओवादी शान्ती प्रकृयामा आईसकेपछी हामीले न्याय नपाएको महशुस गर्यो त्यो कुरा हाम्रो परीवारमा खड्की रह्र्यो न्यायको अनुभुती नपाउन अवस्था आयो । त्यसपछी म २००६ जुलाईमा अमेरीका आए अमेरीकामा आएपछी मेरा सर्घषका दिनहरु शुरु भए । म राजनीती प्राणी भएकाले अमेरीकामा आएर पनी राजनीतीक कार्यक्रमहरुमा सकृय सहभागी हुने गरेकी छु । जनसम्पर्क समीती अमेरीकाको ७ वर्षदेखि सल्लाहाकारको रुपमा काम गरेकी छु भने विभिन्न सामाजीक कृयाकलापमा पनी सहभागी हुदै आएकी छु ।
पार्टीको अवस्थालाई कसरी हर्नेुे भएको छ । ?
नेपाली कांग्रेसले आन्तरीक व्यवस्थापन गर्नु जरुरी रहेको छ । आन्तरीक कलहलाई अन्य गरेर अगाडी वढनु पर्ने वेला आएको छ । पार्टीको गुटवन्दीले गर्दा त्यसको प्रभाव भातृ संगठनमा पनी देखा परीरहेको छ । त्यही कारणले गर्दा कार्यकर्तामा कृयाशीलतामा समेत असर परीरहेको छ । पार्टीले समयमै वनाउनु पर्ने विभागहरु समेट वनाउन सकेको छैन । यस्ता अहिले पार्टी को प्रतिपक्षको शसक्त भुमीकापनी पनी देखिएको छैन ।यस्तो अवस्थामा आम कार्यकर्तामा निराशा छाएको छ । त्यसैले यी सवै कुरालाई महासमीतीको वैठकले सम्वोधन गर्छ भन्ने कुरामा हामी प्रवासमा रहेका हरु विश्वस्त रहेका छौ । अवपार्टीको संरचनाहरु पुरानै अवस्थामा रहेको छ नयां संरचना अनुसार पार्टीलाई अगाडी वढाउनु आवश्यक रहेको छ ।
जनसम्पर्क समीतीको विषयमा तपाईको दृष्टीकोण के छ ?
जनसम्पर्क समीतीहरुले सम्वन्धीत देशको कानुनलाई पनी अनुसरण गर्नु पर्ने यथार्थतालाई पनी वुझदै पार्टीले जनसम्पर्क समीतीको वारेमा प्रष्ट निती निमाण गर्नु आवश्यक रहेको छ । जनसम्पर्क समीतीको विषयमा महासमीतीले ठोस निर्णय गर्नु पर्दछ । जनसम्पर्क समीती अमेरीकाको वर्तमान कार्यसमीतीको कार्यकाल सकीएकाले अर्को आदेश नहुदा सम्म कार्य नर्गनु भन्ने पत्र पार्टीले पठाएको छ । त्यो संगै विवाद पनी चरम उत्कर्षमा देखिएको छ । यसले गर्दा पार्टीको छवी धुमील हुदै गएको छ । संगठनका आन्तरीक कुराहरु फेसवुकमा देखिन थालेको छ । आरोप प्रत्यारोपमा साथीहरु उत्रीएका छन् । यसले प्रवासमा रहेका हामीलाई लाई निराश गराएको छ । अहिले एकले अर्कालाई स्वीकार्न सक्ने वातावण नभएका हुदा पार्टीले एउटा सानो तदर्थ समीती वनाएर अधिवेशन गर्नु उपयुक्त हुन्छ । पार्टीलाई मेरो आग्रह छ संगठनलाई वन्दीको अवस्थामा राख्नु हुदैन । त्यसैले महासमीतीले सवै विषयको हल गर्नु पर्छ भन्ने कुराको म हार्दिक आग्रह गर्दछु ।
अन्त्यमा
म एउटा राजनीतीक प्राणी हु त्यसैले जहां गए पनी राजनीतीमा लाग्ने रहर हुदो रहेछ । निरन्तर पाटीको जिम्मेवारीमा रहेर काम गर्ने ईच्छा रहेको छ । नेपालमा अहिलेको दुई तिहाईको वामपन्थीको सरकारको गती हेर्दा दिक्क लाग्दो छ यस्तो अवस्थामा प्रतिपक्षको भुमीका प्रभावकारी हुन आवश्यक रहेको छ । हामी प्रवासमा रहेका हरु मीलेर वस्न जरुरी रहेको छ । जनसम्पर्क समीतीमा पार्टीको विभाजन र झगडाको देखा देखिरहेको छ यसलाई मीलाउने तर्फ पार्टीले गम्भीर भएर सोच्ने वेला आएको छ । हामी सवै मीलेर मात्र काग्रेस वलीयो हुन सक्छ त्यसैले वलीयो काग्रेस निमार्णका लागी हामीले आफ्नो ठाउंवाट सवैले योगदान पुर्याउन आग्रह गर्दछु ।