पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।
समितिका अनुसार बद्री पाण्डेले २४११ मत ल्याए भने जीवनबहादुर शाहीले २१३३ मत पाए । कुल मत ४६५४ खसेको थियो भने ५१ मत बदर भएको थियो । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् भने पाण्डे शेखर कोइराला प्यानलका हुन् ।