कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १०० मत गणना हुँदा डा.कोइरालाले ५३ मत पाएका छन्। खुलातर्फका ९९ उम्मेदवारमा उनी अग्रस्थानमा छन्।त्यसपछि उदयशम्शेर राणा, रामहरि खतिवडा र रमेश लेखक छन्। राणाले ४४, खतिवडाले ४३ र लेखकले ४२ मत पाएका छन्।
कांग्रेसको खुलातर्फको ३५ सदस्यका लागि ९९ उम्मेदवार छन्। महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए।खुलातर्फको केन्द्रीय सदस्यको कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मत गणना भइरहेको छ। १० ठाउँमा मत गणना भइरहेको निर्वाचन समितिले जनाएको छ।
यसअघि सभापति बाहेकका पदाधिकारीको पनि सानेपामै मतगणना भएको थियो।