काठमाडौं । हिजोआज सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेको छ । यससँगै सार्वजनिक रुपमा गरिएका पोस्टमा आएका प्रतिक्रियाका आधारमा प्रोफाइल कस्तो छ भनि अनुमान लगाउन थालिएको छ ।आफ्नो लोकप्रियतालाई पोस्टमा आउने लाइक, रियाक्सन र कमेन्टसँग जोड्ने प्रवृत्तिले भने बेला बेलामा समस्या निम्त्याउने गरेको छ । हुन त सामाजिक सञ्जालमा भएको प्रतिक्रियालाई लिएर गम्भीर हुनुपर्ने त कारण छैन ।तर अधिकांश प्रयोगकर्ता भने आफ्ना पोस्टमा धेरै लाइक, कमेन्ट आए खुसी र सन्तुष्ट हुने गर्छन् । कतिपयलाई भने यस्तो बानी मन पर्दैन
यस्तोमा हिजोआज फेसबुकमा कतिले रियाक्ट गरे, फोटोमा लाइक कति आयो भनेर अरुले हेर्न नमिल्ने बनाउन मिल्छ । यद्यपि पोष्ट गर्ने व्यक्तिले भने क(कसले र कति जनाले रियाक्ट गरेका छन् भनेर हेर्न मिल्छ ।यदि तपाईंलाई पनि आफ्ना फोटो तथा पोष्टमा आएको लाइक संख्याको गन्तीबाट टाढै बस्न मन छ भने आजको लेख सहयोगी बन्न सक्छ ।फेसबुक एपबाट रियाक्ट गणना बन्द गर्नका लागि यसो गर्नुहोस्ः(लाइकररियाक्ट गणना हटाउन फेसबुक एप हुन जरुरी छ । ब्राउजर तथा डेस्कटप ल्यापटपमा भने यो फिचर उपलब्ध छैन । (फोनमा फेसबुक एप नभएको खण्डमा एप डाउनलोड गरी आफ्नो अकाउन्ट लग ईन गर्नुहोस् ।)
(तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने फेसबुकको दाँयातर्फको माथितिर भएको तीनवटा धर्का भएको मेन्यु ९ह्याम्बर मेन्यु० मा ट्याप गर्नुहोस् । आईओएस प्रयोगकर्ताले फेसबुकको दाँयातर्फ तलतिर भएको तीनवटा धर्का भएको मेन्यु (ह्याम्बर मेन्यु) मा ट्याप गर्नुहोस् ।मुनि स्क्रोल गरेर तल रहेको ‘सेटिङ एन्ड प्राइभेसी’ बटनमा ट्याप गर्नुहोस् ।
-अब तपाईंले ‘सेटिङ एन्ड प्राइभेसीको’ ठीकमुनी रहेको सेटिङ ‘अप्सन’ लाई ट्याप गर्नुहोस् ।
-अब प्रिफरेन्सेस अन्तर्गत भएको ‘रियाक्सन प्रिफरेन्सस’ मा ट्याप गर्नुहाेस् ।
-तपाईंले दुईवटा विकल्प पाउनुहुन्छ । जसमा पहिलो विकल्पमा ट्याप गरी अरूको पोष्टमा भएका लाइक हेर्न नमिल्ने बनाउन सकिन्छ । त्यसैगरी दोस्रो विकल्प छानेर आफ्नो पोष्टमा गरिएका लाइक हेर्न नमिल्ने बनाउन सक्नुहुन्छ ।