पार्थिव शिवलिङ्ग पुजन शुरु

२७ मंसिर २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल, २७ मंसिर \ वुटवल ७ दिपनगरमा रहेको नीलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रम बुधबारदेखि सुरु भएको शिव पुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञमा भक्तजनको उपस्थिती हुन सुरु भएको छ । पौष ८ गते सम्म सञ्चालन हुने शिव पुराणमा सवालाख पार्थिव शिवलिङ्ग पुजन हुने भएपछि भक्तजन आउन थालेको धामले जानकारी दिएको छ । पौष ८ गते सम्म सञ्चालन हुने महायज्ञमा आफैले नै माटोबाट बनेको पार्थिव शिवलिङ्ग पुजन भईरहेको ।

यज्ञ मुल आयोजक समितिका संह –अध्यक्ष चुडामणी पौडेलले जानकारी दिनु भएको छ । महायज्ञमा भक्तजनले १११ शिवनाम लेखि पुजा गर्न सक्ने उँहाले बताउँनु भएको छ । प्रत्येक वर्ष धामले आयोजना गर्दै आएको महायज्ञ यो वर्ष १० औं पटक भएकाले अरु वर्षको भन्दा महायज्ञ फरक हुने आयोजकले दाबी गरेको छ । महायज्ञले अब आउने पुस्तालाई आध्यात्मिक ज्ञानको महत्व बुझाउनको लागि महत्वपूर्ण भुमिका खेल्ने सह–अध्यक्ष पौडेलले बताउँनु भएको छ । धामले एस ई ई सम्म संस्कृत भाषामा पाठशाला सञ्चालन गरेको सन्तोषीमाता गुरुकुल विद्याश्रमका महासचिब हिमप्रसाद भुर्तेलले जानकारी दिनु भएको छ । अहिले ५० विद्यार्थी ७ शिक्षक रहेको पाठशालामा स्थानीयको सहयोग र महायज्ञमा आउने मुठी दानबाट नै पाठशाला सञ्चालन गरिएको उँहाले बताउँनु भएको छ । महायज्ञको मुल कथा बाचक आचार्य विष्णु ज्ञवाली रहनु भएको छ । महायज्ञमा बिहानमा भजन कृत्रन सहित दिउसोमा कथा बाचन र साझमा आरतीसँगै बजनकृत्रन हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया