माओवादी बागमती प्रदेश अध्यक्षमा गौतम र पौडेलबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति:

काठमाडौं– नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिनानाथ गौतमबीच प्रतिस्पर्धा हुने भएको छ।अध्यक्षका लागि पौडेल, गौतम, विदुर खड्का र डीपी ढकाल आकांक्षी भए पनि अन्तिममा खड्का र ढकालले आफ्नो दाबी छोडेपछि पौडेल र गौतमबीच प्रतिस्पर्धा हुन लागेको हो।

अध्यक्षका लागि निर्वाचनमा सहभागी हुने प्रदेश समितिमा रहेका २ सय ७५ जनालाई उपस्थित हुन निर्देशन दिएको प्रदेश सदस्य विदुर खड्काले जानकारी दिए।‘बाग्मती प्रदेश समितिका सबै सदस्यलाई बात्तिसपुतलीस्थिति अनुपम फुडल्याण्डमा उपस्थित हुन निर्देशन दिएपछि हामी सबै उपस्थित भइसकेका छौ’ खड्काले भने, ‘चुनाव गर्न निर्वाचन समितिले तयारी गरी रहेको छ। केही बेरमा समतदात हुने भनिएको छ।’

आजै प्रदेश अध्यक्ष निर्वाचनबाट टुंगो लाग्ने बताएको छ। यसअघि सर्वसम्मतमा अध्यक्ष बनाउन प्रयास गरिए पनि हुन सकेको थिएन। सहमति हुन नसकेपछि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन गरेर भए पनि टुंगो लगाउन निर्देशन दिएको थियो । प्रदेश सम्मेलनको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डलेु गत मंसिर २५ गते गरेका थिए।