इन्जिनियरको नेतृत्व, दिगो समृद्वी र स्थायित्व लागि मेरो उम्मेदवारी : प्रधान

प्रकाशित मिति:

मंसिर २८, काठमाडौँ ।

शुक्रबार हुन लागेको नेपाल इन्जिनियर्स एसोसिएनको ३२औं कार्य समितिको चुनाबमा सबै इन्जिनियरको हक हितमा लाग्ने लोकतान्त्रिक समूहको विकल्प नरहेको उम्मेद्वार हिरेन्द्रमान प्रधानले बताएका छन् ।

शुक्रबार हुने १८ सदस्यीय कार्य समितिको निर्वाचनमा सातै प्रदेशमा आफ्नो समूह अघि रहेको जनाउँदै लोकतान्त्रिक समूहले केन्द्रमा पनि विजयी हुने प्रधानले दाबी गरे ।

लोकतान्त्रिक समूहबाट प्राध्यापक हिरेन्द्रमान श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरु निर्वाचनमा उभिएका छन् भने प्रगतिशील समूहको नेतृत्व प्रा. त्रिरत्न बज्राचार्यले गरेका छन् ।

प्रधान पुल्चोक क्याम्पसमा प्राध्यापनरत छन्, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका उनी काठमाडौं इन्जिनियरिङ क्याम्पसका अध्यक्ष पनि हुन्।

तत्कालीन किस्ट बैंकका सञ्चालक समेत रहेका प्रधानले दाबी गर्दै उनले भने ‘इन्जिनियरहरुका पक्षमा नीति–नियम बनाउन सरकारसँग समन्वयात्मक भूमिका खेल्ने र न्यून तलबमा काम गर्न बाध्य इन्जिनियरहरुको तलब समायानुकूल बनाउन प्रयास गर्छु ।’

शुक्रबार बिहान सात बजेदेखि  सुरु हुने मतदानमा १७ हजार प्रतिनिधि रहेको एसोसिएसनमा १० हजार बढी सहभागी हुने  अपेक्षा गरीएको छ ।