कांग्रेस केन्द्रीय सदस्यमा अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

प्रकाशित मिति:

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको निर्वाचनमा कूल एक हजार ६४० मतका साथ श्रेष्ठ विजयी हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत प्राप्त गर्नुभएको थियो ।

समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणाम अरुण केसीले ३२७, उदयबहादुर लिम्बूले २३२, गोपालबहादुर देउवाले २२९, कुमार कँडेल ९गजन०ले १०५, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल ९वैरागी०ले २९० मत प्राप्त गर्नुभएको छ ।