आजको निती वचन

प्रकाशित मिति:

अल्पानामपि वस्तूनां संहतिः कार्यसाधिका ।
तृणैर्गुणत्वमापत्नैर् बध्यन्ते मत्तदन्तिनः ।। –नीति वचन

साना साना वस्तु पनि एकठाँउमा जम्मा गर्ने हो भने शक्तिशाली हुन्छन् । जसरी सामान्य घाँसलाई बटारेर बाटेको डोरीले मत्त हात्तीलई पनि बाँध्न सकिन्छ । संसारमा सबैकुराको समान अस्तित्व रहेको छ । अझ भनौ जति सानो वस्तु भयो उति शक्तिशाली हुने कुरा त आजको विज्ञानले पनि थाह पाइसकेको छ । त्यसैले साना वस्तु, कामनलाग्ने वस्तु भनेर हेला गर्नु गलत हो । वस्तु सानो भएपनि त्यसको सही सदुपयोगले ठुला काम पनि सजिलै साध्य गर्न सकिन्छ । जसरी घाँसका टुक्रा बटारेर बनाएको डोरीले शक्तिशाली हात्तीलाई नियन्त्रणमा लिन सकिन्छ । त्यसैले सानो वस्तु भनेर कुनै र केहीलाई पनि हेला गर्नु हुँदैन भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–