नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरु !

२८ मंसिर २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
8 Shares


मङ्सिर २८ काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरु हुदैछ । विधान संशोधन मुख्य एजेण्डाका साथ शुरु हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तवेजपनि पेश हुदैछन । पुस ४ गते सम्म बस्ने उक्त बैठकको उद्घाटन भने भोली हुने भएको छ । पहिलो दिन आज अपरान्ह पार्टी प्रधान कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको छ भने भोली ११ वजे यगम्बर पार्टी प्यालेस रामशाहपथमा उद्घाटन कार्यक्रम राखिएको छ । अढाईघण्टाको उद्घाटन शत्र सकिय लगत्तै लगातार पुस ४ गतेसम्म बन्दशत्र सञ्चालन हुनेछ । बन्दशत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णवहादुर खड्काले विधान संशोधनको प्रस्ताव राख्नेछन भने अर्का महामन्त्री डा। शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्नेछन ।

महासमिति बैठकमा उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज र सह महामन्त्री डा। प्रकाशसरण महतले कांग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन पेश गगर्नेछन । पार्टीको आर्थिक प्रतिवेदन भने कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । वैठकमा प्रस्तुत हुने ५ वटै दस्तावेजमाथि छलफल गर्न महासमति सदस्यहरुको ७ वटा प्रदेश स्तरीय समुह बनाइने छ । यो समुह बनाइसकेपछि भोलिपल्ट आइतवार देखि लगातार ती दस्तावेजमाथि छलफल हुने छ ।

केन्द्रिय समितिको बाट सर्वसम्बत पास भएर आए पनि फरक धारणा सहित आएपनि पाचवटै सबै महासमिति बैठकमै पेश हुनेछ । महासमिति बैठकले केन्द्रिय समितिले सर्वसम्मतीले ल्याएको प्रस्तावलाई समेत इन्कार गर्न सक्नेछ । काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमतिमा १ हजार ६ सय ६० सहभागि हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रबाट पाच जनाको दरले १ हजार २ सय महासमिति प्रतिनिधि हुनेछन भने भातृ एवं सुभेच्छुक संघसंस्थाका ९७ जना प्रतिनिधि र जनसम्पर्क समिति बाट पनि ९७ जना प्रतिनिधि सो बैठकमा सहभागि हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति र २६ जना सांसद पनि महासमिति बैठकमा भाग लिदैछन् । केन्द्रिय सदस्यहरु सबै सो बैठकमा उपस्थित हुनेछन् ।

महासमिति बैठकको उद्घाटन शत्रलाई भव्य बनाउन एउटा ठुलो मञ्चको व्यवस्था गरिएको छ भने फोटो पत्रकारहरुका लागि दाया बाया दुईवटा अर्को मञ्च बनाइने भएको छ । पत्रकार र चिकित्सकहरु बस्नको लागि छुट्टै व्यवस्था गरिएको छ । हरेक दिन वेलुकी ४ वजे पत्रकार सम्मेलन गरि बन्दशत्रमा भएको छलफलबारे जानकारी दिन मिडिया सेन्टरको पनि व्यवस्था गरिएको प्रवक्ता शर्माले बताउनु भएको छ । महासमिति बैठकको स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काठमाडौं कांग्रेसका सभापति सबुज वाणियाका अनुसार एक करोड रुपैया भन्दा कम खर्चमा यो महासमति बैठक सम्पन्न गरिदैछ । महासमित बैठकको लागि कतैबाट पनि चन्दा नलिएको नेपाली काग्रेसले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया