बाँके । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।विहीवार कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराउनुभएको हो । अन्य कार्यकर्तासँगै उपसचिव धिताल समाजवादीमा प्रवेश गर्नुभएको हो ।
धिताल तत्कालीन एमालेमा शुरुदेखि माधव नेपाल समूहमा रहनुभएको थियो । एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बस्नुभएको थियो । तर उहाँ विहीवार फेरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो ।पार्टी प्रवेशका अवसरमा धितालले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरित चलाउँदै काम गर्ने वातावरण नबनाएको भन्दै असन्तुष्टी पोख्नुभयो ।