आफ्नै छोरीलाई मार्ने आमा पक्राउ !

प्रकाशित मिति:

मङ्सिर २८ जनकपुर — १६ वर्षीया छोरीलाई घाँटी थिचि हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । जनकपुर उपमहानगरपालिका २४ सोनापाडाकी ४० वर्षीया राजकुमारी देवी मण्डललाई छोरी हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ परेको हो ।
उनकी छोरी सोनीकुमारी मण्डल आफूले रोजेको केटासँग विवाह गर्न चाहने तर आमा विरोधमा थिइन्। त्यही निहुँमा आमाले बुधबार अपरान्ह छोरीलाई घाटी थिचि हत्या गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। मृतक सोनीका पिता रामवरण मण्डल फर्निचरको व्यावसायी हुन्। सोनी कक्षा ८ मा अध्ययनरत थिइन्।

एसपी थपलियाका अनुसार घटना अनुसन्धानको क्रममा मृतककी आमा, बुबासहित चार जना आफन्तलाई पक्राउ गरिएको छ।