काँग्रेस प्रदेश २ अधिवेशन: मतदान अन्तिम चरणमा

प्रकाशित मिति:

नेपाली काँग्रेसको प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत भइरहेको निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । साढे पाँच बजेसम्म १४ सय मत खसेको हो । प्रदेश निर्वाचन समितिका अरुणकुमार यादवले साढे ५ बजेसम्म १४ सय मत खसेको जानकारी दिए ।

काँग्रेस प्रदेश २ को नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र बिमलेन्द्र निधि– शेखर कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

आज बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान करिब साढे ९ बजे देखि शुरु भएको थियो । ३० प्रतिशत मतदाता अझै पनि मतदान गर्न बाँकी रहेको र राति ८ बजेसम्ममा सम्पूर्ण मतदान सम्पन्न हुने प्रदेश निर्वाचन समितिका सदस्य यादवले बताए । प्रदेश २ कांग्रेसमा १ हजार ९ सय ८० मतदाता छन् ।