वाग्मतीमा कांग्रेसबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपिए

प्रकाशित मिति:

मकवानपुर – वाग्मती प्रदेशमा ६ जना सांसद मन्त्री बनेका छन् । नेपाली कांग्रेसको तर्फबाट तीन मन्त्री र ३ राज्यमन्त्री थपिएका हुन् ।

कांग्रेसबाट मिलनबाबु श्रेष्ठ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, दिपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र बलराम पौडेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका हुन् ।

यस्तै सन्तबहादुर प्रजा भौतिक पूर्वाधार विकास राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री र रजनी अमात्य जोन्छे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका हुन् ।