कांग्रेस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अध्यक्ष पदमा पराजित शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि सभापति शेरबहादुर देउवाले निर्धारण गरेको वरियताअनुसार वर्तमान र पूर्व पदाधिकारीपछिको वरियतामा कोइरालाको वरियता २० औं नम्बरमा तोकिएको हो ।
कांग्रेसमा यसअघि सभापतिमा पराजित भई दोस्रो स्थान ओगट्ने प्रतिस्पर्धीलाई सभापतिपछिको वरियता दिइदै आएको थियो तर, १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले त्यो क्रम भंग गरेका थिए । उनले आफूसँग प्रतिस्पर्धा गरेका वर्तमान सभापति देउवालाई तेस्रो वरियतामा राखेका थिए ।सभापति देउवाले नयाँ वरियताअनुसार आफूपछि पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरुलाई क्रमश राखेका छन् ।
त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापालाई राखिएको छ ।शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहे स्थान पाएका छन् ।