२०७५ पौष मासिक राशिफल

प्रकाशित मिति:

मेष राशिः मेष राशिका लागि यो महिना फलदायी रहनेछ । कार्यमा सफलता मिल्ने देखिन्छ । सामाजिक पद प्रातिष्ठा प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । स्वास्थ्यको क्षेत्र भने निर्वल देखिन्छ । जलीय पदार्थबाट सजग रहनु नै उत्तम हुनेछ । मित्रजनबाट साथ सहयोग मिल्नेछ । विद्या अर्थकरी रहनेछ । भू–धनबाट विशेष लाभ हुने देखिन्छ । प्रेम जीवन सबल र सुखद् रहने देखिन्छ । वृष राशिः वृष राशिका लागि यो महिना संघर्षदायी रहनेछ । शत्रु पक्ष सबल रहनेछन् । हाड नसामा समस्या देखिन सक्छ । अइयनको क्षेत्र सबल र फल रहनेछ । नयाँ कार्यप्राप्तिको योग देखिन्छ । व्यापार व्यवसाय मध्यम लाभदायी रहनेछन् । वाणिज्य क्षेत्रमा विशेष उन्नति हुने देखिन्छ । आमदानीका स्रोत बढ्ने छन् । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । भगवतीको उपासनाका साथै राता वस्तुको प्रयोग शुभ रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो महिना यात्रामयी रहनेछ । भूधनबाट लाभ हुनेछ । प्राविधिक कार्यमा रुचि जाग्नुका साथै उन्नति प्रगति हुने पनि देखिन्छ । विद्याको क्षेत्र उन्नतिकारक देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ । बौद्धिक उन्नयनका कार्यमा लगाव रहने देखिन्छ । मित्र जनको सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक कार्यमा विशेष रुचि जाग्नेछ । कुरा कबाट्नेको संख्या बढ्नुका साथै महिनाको उत्तराद्र्धकबाट स्वास्थ्यमा प्रतिकूलता रहनसक्ने देखिन्छ । कर्कट राशिः कर्कट राशिका लागि यो महिना लाभदायी रहनेछ । पराक्रम बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ । व्यापार व्यवसायबाट उन्नति हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रमा पििन रुचि जाग्ने छ । प्रेम जीवन सफल र सुखद् रहनेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । आफन्तजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । व्यवसायमा वृद्धि हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । नयाँ कार्य गर्ने उत्साह मनमा छाउने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो महिना कार्यदायी रहनेछ । व्यवसायमा व्यस्तता बढ्ने छ । आर्थिक उन्नतिका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । धनको क्षेत्र सबल देखिन्छ । आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्नेछन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनेछ । सखद् यात्राका योग पनि देखिन्छन् । कीर्ति वृद्धिका साथै पदोन्नतिका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यमा भने प्रतिकूलता रहन सक्ने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । कन्या राशि : कन्या राशिका लागि यो महिना लाभदायी रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । कार्यक्षेत्रमा भने कडा मिहिनेत र परिश्रमको जरुरत पर्ने देखिन्छ । अध्ययन अध्यापनका क्षेत्रमा उन्नति प्रगति हुनेछ । कार्योन्नतिको योग पनि देखिन्छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । काम बन्नुका साथै मित्र सुख मिल्नेछ । कृषि कार्यमा रुचि जाग्ने देखिन्छ । आमदानीका स्रोत निरन्तर बढ्ने देखिन्छन् ।

तुला राशिः तुला राशिका लागि यो उन्नतिकारक रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । पराक्रम ब्नुकका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुने छ । यात्राका विशेष योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । भू धनबाट विशेष लाभ हुने देखिन्छ । विद्या लाभदायी रहनेछ । शत्रु पराजित हुनेछन् । व्यापार व्यवसायबाट लाभ हुनेछ । सोचेका काम बन्नुका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ । शत्रु सबल रहनेछन् । खर्चमा भने वृद्धि हुने देखिन्छ । वृश्चिक राशिः वृश्चिक राशिका लागि पौष महिना मध्यम फलदायी रहनेछ । पारिवारिक सुख मिल्ने देखिन्छ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम रहनेछ । यात्राका विशेष योग देखिन्छन् । व्यवसायमा उन्नति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा अभिरुचि जाग्नेछ । कार्य क्षेत्र सबल छ । स्वास्थ्यमा विशेष ध्यान दिनु उपयुक्त हुने देखिन्छ । व्ययमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहने देखिन्छ ।धनु राशिः धनु राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्यमा उन्नति हुनेछ । सोचेका काम बन्ने छन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धि हुनुका साथै कार्य प्राप्तिको योग देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख मिल्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । स्वास्थ्यमा सजगता अपनाउनु नै उचित हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै कर्मप्राप्तिको योग पनि छ । स्वास्थ्यमा भने प्रतिकूलता रहने देखिन्छ । चिसोकुरा हानिकारक रहन सक्ने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि पौष महिना फलदायी रहनेछ । कर्मप्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक लाभका योग पनि देखिन्छन् । बोलीको विशेष प्रभाब बढ्नेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुने छ । शत्रु पराजित हुने छन् । खर्चको क्षेत्रमा भने वृद्धि हुने देखिन्छ । कुम्भ राशिः कुम्भ राशिका लागि यो महिना लाभदायी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । कार्यमा उन्नति हुने देखिन्छ । सामाजिक मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । पारिवारिक सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । शत्रु पक्ष निर्वल रहनेछन् । कर्मप्राप्तिको योग छ । स्वास्थ्यको क्षेत्रमा विशेष सजग रहनु उपयुक्त हुने देखिन्छ । मीन राशिः मीन राशिका लागि मंसिर महिना लाभदायी रहनेछ । कर्म प्राप्तिको योग देखिन्छ । भूधन लाभदायी रहनेछ । पारिवारिक सुख मिल्नेछ । मित्रजनबाट विशेष लाभ हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यमछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ । राजनीतिक कार्यमका विशेष रुचि जाग्ने छ । विद्याबाट लाभ देखिन्छ । धनको क्षेत्रमा भने अपचलन भइरहनेछ । कार्यमा केही कठिनाई पर्न सक्ने छ । शत्रु पक्ष सबल रहने छन् । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्  harekpal