ब्याडमिन्टन लहर ! मुख्यमन्त्रि कप आजबाट

प्रकाशित मिति:

दिपक न्यौपाने बुटवल । बुटवलमा आजबाट प्रथम प्रदेश नम्बर पाचस्तरीय मुख्यमन्त्रिकप तथा खुल्ला ब्याडमिन्टन प्रतीयोगीता शुरु हुदै छ । पछिल्लो समय ब्याडमिन्टनको क्रेज बढेसगै यसको प्रतीयोगीताको रफ्तार पनी ह्वात्तै बढेको छ । जसअनुसार नेपालकै चर्चित बुटवल ब्याटमिन्टन क्लबले ब्याडमिन्टनका खेलाडीको उत्पादन र हौसलाका लागी प्रतीयोगीताको आयोजना गर्न लागेको बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष रमेशबाबु थापाले जानकारी दिए । प्रतीयोगीता बुटवल ९ पबित्रनगरमा रहेको नवदिप कर्वडहलमा सन्चालन हुने जहा प्रदेश नम्बर ५ का १२ जिल्लाबाट १ सय ३० टिमले प्रतीस्पर्धा गर्ने क्लबका सचिब शम्भु भटराइले बताए । प्रतीयोगीतामा झण्डै १० हजार दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । खेलको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्रि शंकर प्रोख्रेलले गर्ने कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए । टिम दर्ताको लागी २५ सयदेखी ४ हजार शुल्क समेत निर्धारण गरिएको छ ।

को को भिड्दैछन ……..?
राष्ट्रियस्तरको प्रतीयोगीता सम्पन्न गरिसकेको क्लबले यसअघि निरन्तररुपमा पश्चिमान्चलस्तरीय प्रतीयोगीता पनी सम्पन्न गरिसकेको छ । खेलमा मेन्स सिंगल,मेन्स डबल,मेन्स भेट्रान्स र मेन्स खुल्ला गरी ४ बिधामा खेल खेलाइने छ । जहा प्रथम हुनेले मेन्स सिंगलबाट ३० हजार,मेन्स डबलबाट ५० हजार,भेट्रान्सबाट प्रथम हुनेले ३० हजार प्राप्त गर्ने छन । यस्तै बिभिन्न राष्ट्रिय तथा क्षेत्रीय खेलाडीहरुको समेत सहभागीता रहने प्रतीयोगीतामा खुल्लाबाट प्रथम हुनेले ५० हजार प्राप्त गर्ने क्लबले जनाएको छ । खेल संयोजक नलराज नेपालका अनुसार युवाहरुमा बढ्दै गइरहेको ब्याडमिन्टन क्रेजलाइ अझ ब्यबसायीक बनाउनका लागी पनी स्थानीयदेखी नाम चलेका खेलाडीहरुबिच चर्को प्रतीस्पर्धा हुने छ ।

ब्याडमिन्टनको लहर…..!
ब्याडमिन्टनको क्रेज यसरी बढेको कुरा यसका प्रतीयोगीताले पनी पुष्टि त पार्छ नै तर स्कुलदेखी क्लबस्तरका खेलाडीहरुको बाक्लो उपस्थितीले यो खेलको माहोल नै गर्माएको छ । रुपन्देहिमा मात्र २० भन्दा बढि क्लबहरु संगठीत रुपमै आफ्ना कार्यक्रमहरुलाइ अगाडी बढाएका छन । बिस्तारै बढ्दै गइरहेको जाडोमा ब्याडमिन्टन खेल्नेको सङ्ख्या बजारको गल्लिदेखी खेतको आलीसम्म देख्न सकिन्छ । यसैगरी क्लबहरु संगठीत भइ कार्यक्रम गरेको खण्डमा ब्याडमिन्टनले फड्को मार्नेमा कुनै शंका छैन, ब्याडमिन्टन सघंका केन्द्रिय सदस्य जिवन कुवरले भने – यस्ता प्रतीयोगीतालाइ निरन्तरता दिनुपर्छ र खेलाडीहरुलाइ पनी ब्यबसायीक बनाउनुपर्छ । ’ खेलकुद पत्रकार मन्च रुपन्देहिका अध्यक्ष सुमन अधिकारीका अनुसार खेलको बिकासका लागी त्यसलाइ ब्यबसायीक बनाएर पुर्वाधारमा ध्यान दिन जरुरी छ ।