नया खेलाडी उत्पादन हाम्रो पहिलो लक्ष्य

१ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवलमा आजबाट प्रथम प्रदेश नम्बर पाचस्तरीय मुख्यमन्त्रिकप तथा खुल्ला ब्याडमिन्टन प्रतीयोगीता शुरु हुदै छ । खेलमा मेन्स सिंगल,मेन्स डबल,मेन्स भेट्रान्स र मेन्स खुल्ला गरी ४ बिधामा खेल खेलाइने छ । यसै विषयमा केन्द्रीत रहेर अध्यक्ष रमेशवहादुर थापा संग गरीएको कुराकानी :

प्रतीयोगीता आयोजना गर्नुको मुख्य उदेश्य ?
तपाइलाइ थाहा नै छ बुटवल ब्याडमिन्टन क्लब सक्रिय र पुरानो क्लब हो । २०६० सालमा भवन बनेपनी २०६७ बाट क्लबले आफ्नो गतीबिधीलाइ अगाडी बढाएको हो । हामीले बिशुद्ध नया खेलाडी उत्पादन र खेलको ब्यबसायीकतालाइ मुख्य उदेश्य राखेका छौ ।
बुटवलमा ब्याडमिन्टनका खेलको अबस्था कस्तो छ ?
यो खेलले पछिल्लो समय ठुलो फड्को मारेको छ । बिधालयस्तरदेखी क्लबस्तरसम्मका खेलप्रतीयोगीताले माइलेज पाएको छ । त्यसैले प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहिमा पुर्वाधारको अभाव बाहेक समग्रमा यो खेलको अबस्था अत्यन्त राम्रो छ ।
क्लबको भावी योजनाबारे पनी बताइदिनुहोस न ?
हामीकहा नियमित खेलहरु सन्चालन भैरहेका छन । बिहानदेखी साझसम्म बिभिन्न टिम र खेलाडीले कबर्डहल भरिभराउ हुन्छ । अव हामीले प्रतीयोगीतालाइ निरन्तरता दिनु र खेलाडीलाइ अझ ब्यबसायीक बनाउदै यहाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने योजना लिएका छौ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया