नेल्सन मन्डेलाका समकालीन तथा नोबेल शान्ति विजेता टुटुको निधन

प्रकाशित मिति:

केप टाउन– दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका एक चर्चित व्यक्तिको मृत्यु भएको छ । रंगभेद आन्दोलनका अगुवा डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको हो । रंगभेद विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएको भन्दै टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा भएको रंगभेदी आन्दोलनका अगुवामध्येका एक थिए ।सन् १९५३ मा दक्षिण अफ्रिकाका विद्यालयहरूमा रंगका आधारमा विद्यार्थी छुट्टाउने कानून बनेपछि टुटु शिक्षण पेसा त्यागेर चर्च सामाज सेवामा होमिएका थिए । एजेन्सी