लुम्बिनीः विश्वशान्ति र सञ्चारदर्शन

प्रकाशित मिति:

डा. बालकृष्ण चापागाईं- विश्वमा शान्तिका लागि विभिन्न धर्म र दर्शनका ज्ञाता र स्रष्टाहरुबाट खोजी र त्यसबारेमा गहन चिन्तन पनि हुँदै आएको पाइन्छ । त्यसमध्ये विश्वशान्तिका अग्रनायकका रुपमा गौतमबुद्धलाई मान्ने गरिएको छ । यद्यपि त्यसअघि पनि अनेकौं विद्वान् र ऋषिमुनिहरुबाट शान्तिका लागि चिन्तन, मनन् र प्रयासहरु भएको पाइन्छ । त्यसैगरी मानवसभ्यताको विकासका क्रममा पूर्वीय र पश्चिमी मुलुकका विभिन्न विद्वान् र विचारकहरुबाट पनि प्रयास भएको पाइन्छ । ती प्रयासहरु धर्म, दर्शन, राजनीति र अर्थनीतिसँग जोडेर गरिएका छन् । यसैको सेरोफेरोमा दर्शनका अनेकौं हाँगाबिगाहरुको पनि विकास भएको पाइन्छ । बौद्ध धर्मदर्शनको उदय र विकास पनि वैदिक धर्मदर्शनको अध्ययन भएपछि त्यसमा रहेका कमीकमजोरीहरुलाई औल्याउँदै नयाँ मार्गको खोजीको क्रममा भएको मान्न सकिन्छ । यो दर्शनले शान्तिको लागि विशेष महत्व दिएको हुनाले विश्वमा यसको प्रभाव बढ्दै गएको पाइन्छ । पश्चिमी चिन्तन परम्परामा ग्रिसेली आदिकवि होमरेस (होमर), दार्शनिक सोक्रेटस (सुकरात), पश्चिमी दर्शन, राजनीति र चिन्तनका मूल स्रोत मानिने प्लेटो, ज्ञान, विज्ञान र काव्य शास्त्रका अत्यन्तै विद्वान् अरिष्टोटल (अरस्तु), जर्मनीका रोमान्टिक धाराका दार्शनिक हेगेल, अङ्ग्रेजी स्वच्छदतावादी साहित्यकार वर्डस्वर्थ र कलरिजको दार्शनिक चेत, त्यस्तै आदर्शवादी नीतिवादका पक्षधर अङ्ग्रेजी रोमान्टिक कवि पी.बी.सेली, इटालीका आत्मवादी दार्शनिक तथा सौन्दर्यशास्त्री सिग्नर बेनेटेट्टोक्रोचे, अङ्ग्रेजी कवि टमसस्ट्रन इलियट, आइ भोर आर्म स्ट्रङ्ग रिचर्डस्बाट प्रतिपादित सिद्धान्त, बीसौं शताब्दीको पूर्वाद्धमा बेलेन र वारेनको साहित्य सिद्धान्तले पारेको प्रभाव र ज्ञान, विज्ञान, दर्शन र विचारमा ल्याएको तरङ्ग पनि शान्ति चेतकै उपजको रुपमा लिन सकिन्छ । संसारमा राज्य सत्ताको उत्पत्तिसँगै विकास भएको वर्गीय समाजको द्वन्द्वको समाधान कसरी हुन सक्छ भन्ने विषयमा अनेकौं चिन्तन र दर्शनहरुको विकास भएको पाइन्छ ।

शान्तिको कुरा पनि राज्य सत्तासँग जोडिएको पाइन्छ । जर्मनीबाट कार्लमाक्र्स, एंगेल्स, रुसमा लेनिन, स्टालिन, चीनमा माओत्सेतुङ्गजस्ता साम्यवादी चिन्तन राख्ने दार्शनिक, सिद्धान्तकार र नेताहरुले जनयुद्ध, जनक्रान्ति, जनआन्दोलन र जनसंघर्ष जस्ता कुराहरु अघि सारे । त्यही नीतिका आधारमा संसारका विभिन्न मुलुकहरुमा संघर्ष र युद्धहरु पनि भए । साम्यवादी सोंच र चिन्तन अनुसारका राजनीतिक व्यवस्था पनि स्थापना भए । उनीहरुले आध्यात्मवादी चिन्तन परम्पराको ठाउँमा भौतिकवादी चिन्तन परम्परामा जोड दिए । अहिलेको विश्वमा आध्यात्मिक दर्शन र भौतिकवादी दर्शनका दुई मुख्य मार्गका रुपमा देखापरेको पाइन्छ ।विश्व शान्तिको आधारभूमि नेपाल हो भन्ने कुरा विभिन्न तथ्यहरुबाट पुष्टि हुन्छ । वैदिक र उपनिषद् कालदेखि नै नेपालको भूमिबाट शान्तिको खोजी भएको थियो । जीवन र जगत के हो ? भन्ने विषयमा चिन्तन मनन् भएको थियो । मानव सभ्यताको विकासका विभिन्न चरणहरुमा दार्शनिक चिन्तन परम्पराको सुरुवात पनि नेपालबाटै भएको पाइन्छ । जस्तैः विश्वको प्राचीन महत्वपूर्ण दर्शन महर्षि कपिलको सांख्य दर्शन हो । जुन महर्षि कपिल हालको कपिलवस्तुका थिए र त्यो दर्शन नेपालको कपिलवस्तुमा लेखिएको थियो । सिद्धार्थ गौतमले पनि कपिल आदि ऋषिहरुका दर्शन र वैदिक चिन्तनमा देखिएका कमीकमजोरीलाई पत्ता लगाई जीवन र जगत् के हो भन्ने कुराको नयाँ खोजका लागि गृहत्याग गर्नु भएको थियो । उहाँका चार आर्य सत्य र अष्टाङ्ग मार्ग, कपिलको सांख्य दर्शन हेय, हेतु, हान र हानोपायसँग मिल्दछन् । त्यति बेला सांख्य दर्शनजस्तो ओजस्वी दर्शन विश्वमा आउनु निकै ठूलो कुरा थियो ।

रामायण विश्वकै अद्भूत र विशाल ग्रन्थ हो, छन्दोबद्ध त्यस ग्रन्थमा विभिन्न भाषामा गरेर लाखौं श्लोकहरु छन् । महर्षि वाल्मीकिद्वारा नेपालको पवित्र तीर्थस्थल त्रिवेणी धाममा लेखिएको यो महाकाव्य वैदिक साहित्यहरुमा लेखिएको त्रेतायुगका राम र सीताको जीवनगाथामा आधारित छ । संस्कृत र अन्य धेरै भाषाहरुका श्लोकमा लेखिएको यसै वाल्मीकि रामायणलाई नेपाली लोक भाषामा लयबद्ध गरेर नेपाल र भारतलगायत नेपाली भाषीका बीचमा पु¥याउने काम नेपालका आदिकवि भानुभक्तले गरेका थिए । रामायण राष्ट्र, समाज र परिवारलाई असल मार्गतिर डो¥याउन सक्ने र शासकहरुलाई कर्तव्यबोध गराउने र परिवारिक जीवनमा पनि एक अर्काप्रति कस्तो व्यवहार गर्ने भन्ने कुराको शिक्षा दिने मननीय र उपयोगी ग्रन्थ मानिन्छ । त्यस्तै राजनीति, धर्मनीति, कूटनीति, समाज व्यवस्था इत्यादि ज्ञानको लागि अत्यन्तै महत्वपूर्ण स्रोतका रुपमा महाभारत ग्रन्थलाई लिइन्छ ।नेपालकै तनहुँ जिल्लाको दमौलीमा कृष्ण द्वैपायन व्यासले व्यास– गुफामा वेदको रचना, व्याख्या र विभाजन गर्नुभएको थियो । नेपालको कोशी, गण्डकी र कर्णाली नदीमा ऋषि विश्वामित्र, वशिष्ठ र वामदेवबाट भएको तपस्या र गायत्रीकोे साधना, नेपालको हिमवत् खण्डबाट शिवद्वारा भएको विश्वको प्रथम ज्ञानशास्त्र वेद, योगशास्त्र र नृत्यशास्त्रको प्रणयन, विभिन्न नादविद्या, शब्दशास्त्र, व्याकरणका सूत्रहरु र ॐ अक्षरको प्रयोग, योग, तन्त्र, गायन र नृत्यको खोज, संस्कृत व्याकरणका सूत्राधार पाणिनि र विश्वलाई नै शान्तिको मार्ग देखाउने गौतम बुद्ध आदि ऋषिमुनिहरुको ज्ञानभूमि, पुण्यभूमि, तपोभूमि, शान्तिभूमि हो नेपाल ।वैदिक र पौराणिककालमा आजको दक्षिण एसियालाई जम्बूद्वीप, भारतवर्ष र भरतखण्ड भनिन्थ्योे । नेपाल त्यस क्षेत्रको महत्वपूर्ण हिमवत् खण्डमा पर्दथ्यो । शैव, वोन, मुन्धुम र बुद्धधर्म नेपालमा नै जन्मेका धर्महरु हुन् । वेद, महाभारत र आदि महाकाव्य र रामायण पनि नेपालमै लेखिएका ऐतिहासिक ग्रन्थहरु हुन् । भूत, वर्तमान र भविष्यका विभिन्न घटनाहरुको भविष्यवाणी गर्न सक्ने अद्भूत क्षमता राख्ने विश्वविख्यात ज्योतिषशास्त्र, चाणक्यको अर्थशास्त्र, सुश्रुतसंहिता आदि पनि हिमवत्खण्ड नेपाल र भारतमा लेखिएका शास्त्रहरु हुन् । वैदिक ज्ञानका कतिपय रहस्यहरु नेपालमा मात्र जीवित छन् । विदेह–विद्या, बोधविद्या, ब्राह्मी, सौरी विद्याहरुको खोज पनि नेपालमै भएको पाइन्छ । नेपालको राष्ट्रिय ध्वजा (झण्डा) पनि विश्वको प्राचीन ध्वजा हो । राम जन्मभूमि अयोध्यामा रामको राज्याभिषेक हुँदा नेपालबाट राजा सुधनवा सहभागी भएका थिए भन्ने कथन पनि शास्त्रहरुमा पाइन्छ । आजभन्दा करिब २६०० वर्ष पहिला नेपाली भूमिमा जन्मनु भएका गौतम बुद्धले शान्ति र मुक्तिको जुन मार्ग देखाउनुभयो, त्यो मार्ग आज विश्वमा लोकप्रिय हु“दै गएको छ ।

गौतम बुद्धको मध्यमार्गी शान्तिमार्ग– जो शान्ति, प्रेम र करुणालाई मुख्य आदर्श ठान्दछ । जुन मार्ग वर्तमान विश्वमा वैकल्पिक मार्गको रुपमा स्थापित हुँदै गएको छ । परम्परागत् रुढीवादी आध्यात्मिक दर्शनको विकल्पको रुपमा पनि बुद्धको मध्यमार्गी दर्शनले ठाउँ लिँदै गएको छ । राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ भन्ने मान्यतामा रही सशस्त्र युद्धको पक्षमा रहेकाहरु पनि गौतम बुद्धकै शान्ति मार्गलाई सही र समय सापेक्ष ठान्दै क्रमशः प्रभावित हुँदै आएको पाइन्छ । जसरी भारतवर्षमा त्यतिवेलाका शक्तिशाली सम्राट अशोकले बौद्ध धर्म र दर्शनबाट प्रभावित भई शस्त्रको राजनीति छोडेर बुद्धको शान्ति मार्गमा आएका थिए । त्यसैगरी आधुनिक विश्वमा गौतम बुद्धका विचारको प्रभाव क्रमशः बढ्दै गएको देखिन्छ । विश्वको इतिहासमा ठूलो नरसंहारकारी घटनाका रुपमा रहेको प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धबाट पाठ सिक्दै र बुद्धका विचारको अनुशरण गर्दै अघि बढ्नु विश्व– मानवजातिको कर्तव्य हुन आएको छ ।समाज–विकासका हरेक आयामहरुमा भाषा, सूचना र विचारको महत्वपूर्ण भूमिका रहेको छ । शान्ति र सञ्चारसँग भाषा, दर्शन, राजनीति र समाजशास्त्रको अन्योन्याश्रित सम्बन्ध रहेको छ । दर्शनले जीवन र जगत् के हो भन्ने कुराको अध्ययन गर्दछ भने राजनीतिले राज्य–सञ्चालन गर्नेलगायत राज्य, सरकार र शक्तिको बारेमा अध्ययन गर्दछ । उल्लिखित सबै पक्षका आधारभूत कुराहरुलाई जनस्तरसम्म र जनताको प्रतिक्रिया राज्यसमक्ष पु¥याउने काम भाषा र सञ्चारले गरेको हुन्छ ।जुनसुकै समाजमा पनि भाषा र सञ्चार मानिसको अभिन्न अङ्गको रुपमा रहिआएको छ । मौखिक एवं शारीरिक सञ्चार, लिपिविनाको भाषिक सञ्चार हु“दै छापा सञ्चारको विकास भएको हो । इतिहासतिर फर्केर हेर्दा छापाखानाको आविष्कार सन् १५५५ मा जर्मनीबाट भएको पाइन्छ । यसको श्रेय दार्शनिक जोहन गुटेनवर्गलाई जान्छ । त्यस्तै अखबारको जन्म चौधौं शताब्दीमा चीनको ‘पेकिङ गजेट’ नामको अखबारबाट भएको पाइन्छ । संसारमा भाषाको प्रारम्भ तीन लाख वर्ष पहिले भएको अनुमान छ । गुफाबासीहरुले ३५ हजार वर्ष पहिले संकेतले भावसञ्चार गर्ने गरेको पाइन्छ । फोनेसियाबासीले १७०० वर्ष ईसापूर्वदेखि २२ अक्षरको वर्णमाला उपयोग गरेको देखिन्छ । त्यसैगरी मिश्रवासीले ईसापूर्व ३५०० वर्ष पहिलेबाट भोजपत्रमा लेख्ने काम गरेको पाइन्छ । यसरी राजनीतिको विकास हुनुभन्दा धेरै पहिले मानिसले आफ्नो भाव व्यक्त गर्ने संकेत र त्यसपछि अक्षरको विकास गरेको देखिन्छ । राजनीतिक विचारलाई, लेखेर, बोलेर एकले अर्कालाई सुनाउने, बुझाउने अभियानसँगै राजनीतिक सञ्चारको विकास भएको मान्न सकिन्छ । संसारमा मानवीय चेतना, मूल्य,मान्यता एवं दार्शनिक चिन्तनको क्रमिक विकाससँगै साम्यवाद, पू“जीवाद, समाजवाद, साम्राज्यवादजस्ता राजनीतिक प्रणालीको पनि विकास भएको पाइन्छ । समाजमा न्याय र समानता स्थापित हुँदा मात्र शान्ति र स्थिरता हुने हुँदा गौतम बुद्धका विचारले राजनीतिक प्रणालीमा समेत प्रभाव दिन सक्ने देखिन्छ । विश्वका कैयन मुलुकहरु बौद्ध धर्म दर्शनका आधारमा निर्देशित भई शासन सञ्चालन भएको अवस्था पनि छ । बुद्धका विचारको सार भनेको दुःखबाट उन्मुक्ति हो । शान्ति र समता हो । सह–अस्तित्वको स्वीकारोक्ति हो । द्वन्द्वको समुचित व्यवस्थापन हो । त्यसैले गर्दा नै शान्ति बौद्ध दर्शनको मुख्य आधार र गन्तव्य हो । समाजवाद यसको आदर्श हो ।

उपर्युक्त दार्शनिक र सैद्धान्तिक आधारमा निर्माण हुने राज्य प्रणालीको विकासक्रमसँगै सञ्चारदर्शनको विकास पनि हुँदै आएको पाइन्छ । यसैक्रममा आमसञ्चारका विभिन्न सिद्धान्तहरुको पनि प्रतिपादन भएको पाइन्छ । संसारमा शान्तिका लागि महत्वपूर्ण धर्म—दर्शनको रुपमा ख्यातिप्राप्त गौतम बुद्धद्वारा प्रतिपादित दर्शन र सिद्धान्तको आलोकमा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यावारिधि ( पीएच्डी) का शोधार्थीमार्फत अध्ययन– अनुसन्धान गराई प्रेसको पाँचौँ सिद्धान्त ‘सञ्चारमा शान्ति सिद्धान्त’ (उभबअभ तजभयचथ ष्ल अयmmगलष्अबतष्यल) को प्रतिपादन गराएको छ । पछिल्लो समयमा यो सिद्धान्तले विश्वस्तरमै निकै चर्चा पाउन थालेको छ । यस विषयमा थप अनुसन्धान समेत हुन थालेको छ । यो नेपालका लागि गौरवको विषय हो ।गौतम बुद्धले गृहत्याग गर्दा जुन सोच बनाएर हिंड्नुभएको थियो, तपस्याको बेलामा जुन साधना र चिन्तन गर्नुभयो र मानिसले कसरी शान्ति प्राप्त गर्न सक्छ ? मुक्ति र शान्तिको मार्ग के हो ? भनेर आफूले सम्बोधी प्राप्त गरिसकेपछि जीवनपर्यन्त मौलिक किसिमको प्रचार शैली अवलम्बन गर्नुभएको थियो । बुद्धले चार आर्य सत्य र आष्टाङ्गिक मार्गसम्बन्धी ज्ञानको प्रवचन, उपदेशलाई प्रभावकारी सञ्चार विधि अपनाई निरन्तर सञ्चारित गर्नुभयो, बुद्ध भन्नुहुन्थ्यो– ‘चरथ भिक्खवे चरिकम् ।’ त्यसको प्रभाव त्यति बेलाको समाजमा त प¥यो नै, कैयौं राजा–महाराजाहरु पनि गौतम बुद्धको शान्तिसम्बन्धी दर्शन र सिद्धान्तबाट प्रभावित भई अनुयायी बन्नुका साथै शस्त्रको हिंसात्मक राजनीति त्यागेर शास्त्रका मार्गमा आधारित शान्तिपूर्ण राजनीति गर्न थालेका अनेकौं उदाहरण छन् ।त्यसको ज्वलन्त उदाहरणका रुपमा भारतका तत्कालीन शक्तिशाली सम्राट् अशोकले सशस्त्र हिंसात्मक मार्ग त्यागेर राज्यको सम्पूर्ण साधन–स्रोतसमेत बौद्ध धर्मदर्शनको प्रचारमा लगाएबाट स्पष्ट हुन्छ । स्मरणीय छ, विभिन्न ठाउ“मा उनले ८४ हजारभन्दा बढी त बौद्ध विहार नै बनाएका थिए । गौतम बुद्धको जन्मभूमि नेपालको लुम्बिनीमा हो भनेर त्यति बेलै स्तम्भ खडा गरेका थिए । गौतम बुद्धका पिता शुद्धोधनको राजधानी कपिलवस्तुको तिलौराकोट र नेपालभित्र रहेका अन्य बुद्धसँग सम्बन्धित निग्लिहवा, देवदह र रामग्रामलगायतका स्थलहरुको प्रमाणिक जानकारी दिएका थिए । बौद्ध धर्म—दर्शनको प्रभावले राजनीति र सञ्चार क्षेत्रमा प्रभाव पारेका हजारौं उदाहरण छन् । लुम्बिनीमा जन्मेका गौतम बुद्धले आफ्नो जीवनको अत्यन्तै उर्वर र सिर्जनशील २९ वर्ष नेपाली भूमिमै बिताएका थिए । मानिसमा शान्ति, सुख र मुक्ति कसरी प्राप्त हुन सक्छ भन्ने चिन्तनका साथ राजगृह त्याग गरी ज्ञानको खोजीमा हिंडेका थिए । उनीद्वारा प्रतिपादित सिद्धान्त विश्वकै लागि अनुकरणीय भएकोले नै गौतमबुद्धलाई विश्व शान्तिका अग्रनायकका रुपमा मानिएको हो ।

सञ्चार दर्शनः सञ्चारअन्तर्गत अन्तर्मुखी सञ्चार, अन्तर्वैयक्तिक सञ्चार, समूह–सञ्चार र आम सञ्चार पर्दछन् । मानवसमाजमा संकेत, शारीरिक हाउभाउ, ढुङ्गा, काठ, ताम्रपत्र, शिलालेख, पत्रलेखन, पुस्तक, पत्र–पत्रिका, रेडियो, टेलिभिजन र ईमेल–इन्टरनेट आदि पर्दछन् । यसमा छापा सञ्चार आम सञ्चारमध्ये जेठो हो । अहिले आएर विद्युतीय सञ्चारको तीव्र विकास भएको छ । सूचना, समाचार र विचारको सम्प्रेषण मानिसले उत्पत्तिकालदेखि आ–आफ्नै ढंगले गर्दै आयो । त्यसै क्रममा जीवन के हो ? जगत् के हो ? भन्ने सवालमा विभिन्न चिन्तनहरु हुन थाले । समाज–विकासकै क्रममा दर्शनशास्त्र, राजनीति–शास्त्र, समाज–शास्त्र, अर्थशास्त्र आदिको विकास पूर्व र पश्चिममा आ–आफ्नै ढंगले भयो । जुनसुकै समाजमा पनि सञ्चार मानिसको अभिन्न अङ्गको रुपमा रहिआएको छ । मौखिक एवं शारीरिक सञ्चार, लिपिविनाको भाषिक सञ्चार हु“दै छापा सञ्चारको विकास भएको हो । गौतम बुद्धले आफ्नो जीवनकालमा सञ्चारका विभिन्न पद्धतिको उपयोग गरेका थिए ।

क. अन्तर्मुखी अर्थात् वैयक्तिक सञ्चारः

कुनै व्यक्तिले आफैले केही कुरा सोंच्छ र तदनुसार चल्छ भने त्यसलाई अन्तर्मुखी सञ्चार अर्थात् वैयक्तिक सञ्चार भनिन्छ । यसमा अरुलाई सन्देश दिने कुराभन्दा पनि आफैभित्र के गर्ने भनी चिन्तन–मनन गरी एउटा निष्कर्षमा पुगिन्छ । अर्थात् अरुलाई सन्देश–सम्प्रेषण गर्नु अघि आफै सोच्नु, आफैलाई चिन्न खोज्नु, आत्मविश्लेषण, आत्मप्रेरणा, आत्मनिर्णयजस्ता कुराहरु अन्तर्मुखी सञ्चारका प्राणतत्व मानिन्छन् । सामाजिक वातावरणबाट हाम्रो मन र मस्तिष्कमा पर्ने प्रभावका कारण हामीभित्र सञ्चारित हुने क्रिया–प्रतिक्रिया यसभित्र पर्दछन् । गौतम बुद्धले गृहत्याग गर्नु, ज्ञान प्राप्तिका लागि भिक्षु बनेर ठाउ“–ठाउ“मा पुग्नु, त्याग र तपस्या गरी विश्वशान्तिका लागि ज्ञान प्राप्त गर्नुमा विशेषतः अन्तर्मुखी सञ्चारले महत्वपूर्ण भूमिका खेलेको छ ।

ख. अन्तर्वैयक्तिक सञ्चारः

दुई वा दुईभन्दा बढी व्यक्तिका बीच हुने सोझो सम्पर्कलाई अन्तर्वैयक्तिक सञ्चार भनिन्छ । बोलेर, छोएर, देखाएर, इसारा गरेर, लेखेर वा अन्य शारीरिक हाउभाउ पनि यस अन्तर्गत पर्दछन् । आमुन्ने–सामुन्ने कुरा हुनु, एक जना प्रेषक र एक वा सोभन्दा बढी प्राप्तकर्ता भइसकेपछि अन्तर्वैयक्तिक सञ्चार भएको हुन्छ । यो सञ्चार–प्रक्रियालाई गौतम बुद्धले अत्यधिक प्रयोग गर्नुभएको थियो । आप्mना सारथी, शिष्य र सहयोगीहरुलाई आप्mना विचारहरु बुझाएपछि उनीहरुमार्फत् नै बुद्ध धर्म–दर्शनको व्यापक प्रचार हुन सकेको हो ।

ग. समूह–सञ्चारः
समाजमा रहेका सय, पचास वा हजारौं व्यक्तिका बीचमा सूचना, समाचार र विचार पु¥याउन सकिने माध्यमलाई ‘समूह–सञ्चार’ भनिन्छ । यसअन्तर्गत सभा, गोष्ठी वा छलफल आदि पर्दछन् । जसका माध्यमबाट लक्षित समुदायसम्म सूचना, विचार वा धारणा पु¥याउन सकिन्छ । यसमा तत्कालीन समयमा उपलब्ध र विकसित सूचना–प्रविधिको उपयोग र प्रयोग गर्न सकिन्छ । यो सञ्चारपद्धतिको अत्यधिक प्रयोग गौतम बुद्धले गर्नुभएको थियो । विशेष गरी भेला, धर्मसभा, सम्मेलन, संगीति, संगायन आदिका माध्यमबाट बुद्ध धर्म–दर्शनको सञ्चारण गरिएको हुन्थ्यो । बौद्ध धर्म–दर्शनसम्बन्धी अत्यन्त महत्वपूर्ण कुराहरुको टुंगो लगाउने र त्यसलाई वर्गीकरण गरी तीन वटा ग्रन्थ अर्थात् त्रिपिटकलाई लिपिबद्ध गर्ने काम पनि समूह–सञ्चार–प्रक्रियाबाट नै भएको थियो ।

घ. आम–सञ्चारः
आम–सञ्चार भन्नाले असीमित जनसमुदायका लागि कुनै सञ्चार–माध्यमको सहयोगद्वारा कुनै पनि सूचना, समाचार र विचार प्रस्तुत वा प्रसारण गरिन्छ भने त्यसलाई ‘आम–सञ्चार’ भनिन्छ । सञ्चार शब्दमा अरबी भाषाको ‘आम’ शब्दसमेत जोडिएपछि आम–सञ्चार बनेको हो । त्यस्तो सन्देश सबै वर्ग, जाति, सम्प्रदाय र समुदायका लागि सम्प्रेषित हुन्छ । यसमा पम्प्लेट, पुस्तक, पत्रपत्रिका, ब्रोसियर, रेडियो, सिनेमा, टेलिभिजन, भिडियो क्यासेट, भीसीडी, सीडी, अनलाइन आदि पर्दछन् । यसमा सम्प्रेषकले जे सूचना, समाचार र विचार दिन्छ, त्यसलाई ग्रहण गर्नुपर्ने हुन्छ । सञ्चारविद् डेनिस मेकवाइलले ‘आमसञ्चारका माध्यम’ भन्नाले छोटो समयमा लामो दूरीसम्म तथा धेरै प्रापकसँग सञ्चालन गर्न सकिने संगठित साधनहरुलाई बुझाउ“छ’ भनेका छन् ।
बुद्धकालीन समाजमा आधुनिक आम–सञ्चारका माध्यमहरुको विकास नभए तापनि आम–जनताको बीचमा सूचना, समाचार र विचार पु¥याउने आ–आफ्नै प्रकारका माध्यम, विधि, प्रक्रिया र शैलीहरु थिए । जस्तैः अहिले पनि विश्वका कतिपय ठाउ“मा कटुवालले हाक हाल्दा, दसैं वा कुनै विशेष उत्सवका अवसरमा बन्दुक पड्काउ“दा त्यो आवाज सुनेर बुझ्ने, बुझाउने गरिन्छ । बुद्धकालमा पनि तत्कालीन अवस्थाको आम–सञ्चारको प्रक्रिया पनि यस्तै–यस्तै प्रकारका थिए । विश्वमा बौद्ध धर्म–दर्शनको प्रचार हुनुमा पछिल्लो समयमा विकसित आधुनिक आमसञ्चारका माध्यमहरुको उपयोगले पनि उल्लेख्य सफलता प्राप्त भएको छ । विश्वका विभिन्न ई—लाइब्रेरीहरुमा बुद्ध धर्म र दर्शनका बारेमा पढ्न पाइन्छ । ओसो रजनीशका मात्रै करिब ३० हजार घण्टा सुन्न सकिने बुद्धसम्बन्धी प्रवचनहरु सीडीमा उपलब्ध छन् । बौद्ध चिन्तनमा लेखिएका विविध भाषाका लाखौं पुस्तकहरु पाइन्छन् । रेडियो र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर जानकारी दिन–लिन सकिन्छ । अतः लुम्बिनी, विश्वशान्ति र सञ्चारको सम्बन्ध परिपूरक रहेकाले यसलाई सँगसँगै जोडेर हिंडाउँदा समाजमा शान्ति स्थापना हुने विश्वासिलो आधार भेटिन्छ ।

भवतु सब्ब मंगलम् ।
(डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ ।)