बिहीबारको दिन यी ६ काम गर्दा मिल्छ शुभफल

प्रकाशित मिति:

ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ । शास्त्रअनुसार बिहीबारका दिन केही कामहरु भने बर्जित गरिएको छ । बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन ।

१- सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् । २- केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् । ३- पहेँलो वस्तु दान गर्नुहोस् । ४- भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् । ५-केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् । ६- केरा दान गर्नुहोस् @khabarhub