अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केद्वारा राजीनामा

१ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
10 Shares

WASHINGTON, DC – SEPTEMBER 29: Interior Secretary Ryan Zinke delivers a speech billed as “A Vision for American Energy Dominance” at the Heritage Foundation on September 29, 2017 in Washington, DC. Zinke also addressed criticism of his travel practices, after it was reported that he and his aides have taken several flights on private or military aircraft, including a charter plane that cost taxpayers more than $12,000 last June. Mark Wilson/Getty Images/AFP == FOR NEWSPAPERS, INTERNET, TELCOS & TELEVISION USE ONLY ==

वासिङ्टन पुष १ । यात्रा, राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको राजीनामा पत्रमा जिन्केले विपक्षीहरुबाट राजनीतिक प्रेरित आरोप लागेकाले आन्तरिक सुरक्षा मन्त्रालयको नियमित काममा नै अबरोध आउने परिस्थिति सिर्जना भएकाले राजीनामा दिएको उल्लेख छ ।

जिन्केको राजीनामाका बारेमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले मोन्टानाका पूर्व कङ्ग्रेस सदस्य जिन्केको कार्यकाल निकै सफल रहेको बताउनुभएको छ । उहाँले अर्को साताभित्रै जिन्केको स्थानमा नयाँ व्यक्तिको नाम घोषणा गरिने जानकारी दिनुभयो । नयाँ व्यक्तिको मनोनयनलाई सिनेटले अनुमोदन गर्नु पर्दछ ।

हालैको चुनावबाट अमेरिकी संसद कङ्ग्रेसमा बहुमत ल्याएका डेमोक्रेटले जिन्केको आचरण र फजुल खर्चका विषयमा अनुसन्धान गर्ने सम्भावना थियो । डेमोक्रेट पार्टीले कङ्ग्रेस मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत चुनावी अभियान, व्यवसाय, प्रतिष्ठान र प्रशासनका बारेमा अनुसन्धान थाल्ने अनुमान पनि गरिएका छन् ।

जिन्केले राष्ट्रपति ट्रम्पको संघीय वातावरणीय नियम लागू गर्न तथा देशभित्रै ऊर्जा विकासलाई प्रबद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ वातावरण संरक्षण एजेन्सीका कार्यक्रमहरुमा अर्थपूर्ण सहभागिता जनाउने गर्नुहुन्थ्यो । नेभी सिलमा काम गरेको बताउने जिन्केले अमेरिकी तेल तथा ग्यास उद्योगलाई पुनर्जीवित गर्ने योजना अगाडि सारेर स्थानीयबासीबाट प्रशंसा बटुल्नुभएको थियो ।

ट्रम्पले कहिल्यै पनि जिन्केसँग गहिरो निजी सम्पर्क स्थापित गर्नुभएन, तर वातावरणीय समूहबाट भएका आलोचनको दृढतापूर्वक प्रतिरक्षा गरेकामा जिन्केप्रति सम्मान प्रकट गर्नुहुन्थ्यो । पछिल्लो समय जिन्केमाथि कङ्ग्रेसले छानबिन गर्ने सम्भावना बढेको निष्कर्षमा अमेरिकी प्रशासन पुगेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया