भीम रावलको प्रश्न- भारतले लिपुलेक र कालापानीलाई नक्सामा राख्दा सरकार किन मौन ?
काठमाडौं । नेकपा एमाले नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका रावलले महाकाली नदीको नाम फेरेर भारतले नेपालीको लिम्पियाधुरा र लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो रु किन मौन भन्दै प्रश्न गरेका हुन् ।
उनले गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘गठबन्धन सरकार भन्नेहरु प्रदेशमा मन्त्रालय फुटाएर भए पनि पदको भागबण्डामा र अरु पार्टी गुटबन्दीमै व्यस्त हो ।’
महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो? किन मौन? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो?
— Dr. Bhim Rawal (@BhimRawal179) December 30, 2021