कांग्रेसको महासमिति बैठकः एजेण्डा कि गुटगत बहस ?

प्रकाशित मिति:

मोतिलाल भण्डारी
देशमा लोकतन्त्र स्थापनाको लागि संघर्ष गरेको पुरानो पार्टी नेपाली कांग्रेस दिनानुदिन दिशा र गतिहीन बन्दै गएको छ । पछिल्लो निर्वाचनमा नराम्रोसँग हारेपछि सुध्रिन त जहाँसुकै जाहोस् गुटगत राजनीतिले जरजर बनेको छ ।

कांग्रेस नयाँ जीवन प्रदान गर्ने पार्टीको सर्वोच्च निकाय महासमिति बैठकको सम्मुखमा गुटगत राजनीतिले झनै पीडित बन्न थालेको छ । आफू अनुकूलको विधान पास गराउन शक्तिको गठजोडमा पार्टी केन्द्रीय समिति रुमल्लिन पुगेको छ । कांग्रेसको विधान राष्ट्र, लोकतन्त्र र आमजनतालाई केन्द्रमा राखेर बनाउने भन्दा नेताको मुख हेरेर बनाउन लागिएकाले यसले झनै उग्र रूप लिन थालेको हो ।। नयाँ विधानमा आम युवाहरुलाई आकर्षकण गर्नु त जहाँसुकै जाहोस् संगठनभित्र लामो योगदान गरेका युवाहरूलाई निषेध गर्ने दिशातर्फ उन्मुख भएको छ ।
नेविसंघमा ३२ वर्ष उमेर हद लगाएर एकखाले युवालाई बन्देज गरिएको छ । कुनै भ्रातृ संगठनको अधिवेशन भएको छैन । संगठन निर्माण प्रायः ठप्प छ । निर्वाचन पराजयपछि संगठनभित्र यथार्थ विषयवस्तुमा केन्द्रित भएर छलफल गरिएको छैन । संगठन विधानविपरीत र पूर्वाग्रही ढंगबाट सञ्चालन गरिएको छ । पार्टीभित्र तेरो, मेरो, काखा र पाखा लगाउने परिपाटी मौलाउँदै गएको छ । पार्टीलाई जीवन्तता दिने दर्शन विचार र अनुशासन हराउँदै छ । नेताले कार्यकर्ताहरूलाई दया, माया करुणा सहयोग त जहाँसुकै जाहोस् नेता भ्रष्टाचार गरी मालिक बन्ने र युवाहरूमाथि शोषण गर्ने प्रवृत्ति हावी हुँदै गएको छ ।

जिम्मेवारीमा पुगेकाहरूले पद र समय पाउँदा पनि केही गर्न सकिरहेको छैनन् । एकातिर कम्युनिष्टहरूको दम्भ र हर्कत चरम छ । देशमा भ्रष्टाचार, महँगी बलात्कार र अन्याय, अत्याचारले जनता आजित भएका छन् । यस्तो अवस्थामा सदन र सडकमा जनसरोकारको विषयमा कांग्रेस बेखबर जस्तै छ । प्रभावकारी र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिरहेको छैन । अहिलेको यो अवस्थामा नेपाली कांग्रेसको महासमिति बैठक हुँदैछ । के कांग्रेसले महासमितिबाट आफूलाई सशक्त प्रतिपक्षमा रूपान्तरण गर्ला ? के कांग्रेसले जनतासँग जोडिएका वर्गीय मुद्दाहरू जोडदार ढंगले उठाएर खबरदारी गर्ला ? के कांग्रेस नेतृत्वले युवाहररूलाई उचित जिम्मेवारी दिएर थप युवालाई आकर्षण गर्ने नीति र विधान बनाउला ? के कांग्रेसभित्रको गुटगत स्वार्थ अन्त्य गरी जनतासँग एकताबद्ध ढंगले प्रस्तुत होला ? या कांग्रेस विशेष महाधिवेशनमा जाला ? भन्ने आम कांग्रेसजनको मनमा प्रश्न उब्जिएको छ । यिनै प्रश्न र उत्तरको बीचमा अन्तरघुलन भएर कांग्रेस महासमितिको बैठक हुँदैछ ।

कांग्रेसले नयाँ जीवन प्रदान गर्ने हो भने पहिलो त पार्टीलाई विधि र विधानले सञ्चालन गर्नु प¥यो । विचार र दर्शनलाई सर्वोपरी ठानी आफ्ना भ्रातृ, भगिनी संगठनहदेशमा लोकतन्त्र स्थापनाको लागि संघर्ष गरेको पुरानो पार्टी नेपाली कांग्रेस दिनानु दिन दिशा र गतिहित बन्दै गएको छ । पछिल्लो निर्वाचनमा सर्वनास हुने गरी हारेपछि सुध्रिन त जहाँसुकै जाहोस् गुटगत राजनीतिले चरम बनेको छ ।

कांग्रेस नयाँ जीवन प्रदान गर्ने पार्टीको सर्वोच निकाय महासमिति बैठकको सम्मुखमा झनै आफू अनुकूलको विधान पास गराउने शक्ति गठजोडमा पार्टी केन्द्रीय समिति रुमलिरहेको पाइन्छ । कांग्रेसको विधान देश लोकतन्त्र र आमजनतालाई केन्द्रमा राखेर बनाउने भन्दा नेताको मुख हेरेर बनाउन लागिएकोले यसले झनै उग्र रुप लिएको छ । नयाँ विधानमा आम युवाहरुलाई आकर्षकण गर्नु त जहाँसुकै जाहोस् संगठनभित्र लामो योगदान गरेका युवाहरुलाई निषेध गर्ने दिशा तर्फ उन्मुख भएको छ ।

नेविसंघमा ३२ वर्ष उमेर हद लगाएर एकखाले युवालाई बन्देज गरिएको छ । कुनै भातृ संगठनको अधिवेशन भएको छैन । संगठन निर्माण प्रायः ठप्प छ । निर्वाचन प्राजय पछि संगठनभित्र यथार्थ विषयवस्तुमा केन्द्रित भएर छलफल गरिएको छैन । संगठन विधान विपरित र पुर्वाग्रही ढंगबाट संचालन गरिएको छ । पार्टीभित्र तेरो, मेरो काखा र पाखा लगाउने परिपाटी मौलाउँदै गएको छ । पार्टीलाई जिवन्तता दिने दर्शन विचार र अनुशासन हराउँदै छ । नेताले कार्यकर्ताहरुलाई दया, माया करुणा सहयोग त जहाँसुकै जाहोस् नेता भ्रष्टाचार गरी मालिक बन्ने युवाहरु माथि शोषण गर्ने प्रवृत्ति हावी हुँदै गएको छ ।

जिम्मेवारीमा पुगेकाहरुले पद र समय पाउँदा पनि केही गर्न सकिरहेको छैनन् । एकातिर कम्युनिष्टहरुको दम्म र हर्कत चरम छ । देशमा भ्रष्टाचार, महंगी बलात्कार र अन्याय, अत्याचारले जनता आजित भएका छन् । यस्तो अवस्थामा सदनमा र सडकमा जनसरोकारको विषयमा वेखबर जस्तै छ । प्रभावकारी र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिरहेको छैन । अहिलेको यो अवस्थामा नेपाली कांग्रेसको महासमितिको बैठक हुँदैछ । के कांग्रेसले महासमितिबाट आफूलाई सशक्त प्रतिपक्षमा रुपान्तरण गर्ला रु के कांग्रेसले जनतासँग जोडिएका वर्गीय मुद्दाहरु जोडदार ढंगले उठाएर खबरदारी गर्ला रु के कांग्रेस नेतृत्वले युवाहरुलाई उचित जिम्मेवारी दिएर थप युवाहरुलाई आकर्षण गर्ने नीति र विधान बनाउला रु के कांग्रेसभित्रको गुटगत स्वार्थ अन्त्य गरी जनतासँग एकताबद्ध ढंगले प्रस्तुत होला रु या कांग्रेस विशेष महाधिवेशनमा जाला रु भन्ने आम काँग्रेसजनको मनमा प्रश्न उब्जिएको छ । यिनै प्रश्न उत्तरको बीचमा अन्तरघोलित भएर कांग्रेस महासमितिको बैठक हुँदैछ ।

कांग्रेसले नयाँ जीवन प्रदान गर्ने हो भने पहिलो त पार्टीलाई विधि र विधानले संचालन गर्नु पथ्र्यो । विचार र दर्शनलाई सर्वोपरी ठानी आफ्ना भ्रातृ–भगिनी संगठनहरूको आवधिक अधिवेशन हुनुप¥यो । पार्टीको कार्यक्रम बैठक निर्णय र पार्टी सञ्चालन आवधिक हुनुपथ्र्यो । देश र जनतालाई सर्वोपरी ठानी समर्पित भएर स्वयंसेवी बन्नुपथ्र्यो । चारित्रिक, अनुशासन कायम गरी पार्टीमा युवाहररूलाई अवसर दिनुपथ्र्यो । सरकारका गतिविधिमा निगरानी राखी राम्रोलाई राम्रो पनि भन्न सक्नुपथ्र्यो र नराम्रोलाई नराम्रो भन्दै डटेर लड्नुपथ्र्यो । देश निर्माणमा नयाँ–नयाँ दृष्टिकोणहररू जन्माउँदै समय सापेक्ष अगाडि बढ्न सक्नुपथ्र्यो । मुलुक सघीयतामा गइसकेपछि पार्टीको संरचना त्यही खालको अधिकार सम्पन्न विधान निर्माण गर्नुपथ्र्यो ।

नेता र कार्यकर्तामा विभेद हुनु भएन, सबैले सबैलाई समान व्यवहार गर्नुपथ्र्यो । नेताले आफ्नो चरित्र सुधार नगर्ने हो भने त्यसको असर पार्टीमा पर्छ । त्यसैले कांग्रेस महासमिति बैठकबाट सुध्रिन्छ या सुध्रिंदैन ? के सन्देश दिने हो तपाईं नेताहरुको हातमा छ सबैमा चेतना भया ।
नेपालतारा