इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ७ किलोमिटर माथिसम्म उड्यो खरानी

प्रकाशित मिति:

पुस १,बुटवल — इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतवार ज्वालामुखी विस्फोट हुँदा आकाशमा सात किलोमिटर माथि खरानी भरिएको बादल छाएको छ । विपत व्यवस्थापन विभागले सिन्ह्वालाई बताएअनुसार, माउन्ट सोपुतानमा बिहान साढे ७ बजे विस्फोट भयो र ९ बजे दोस्रो विस्फोट भयो । खरानी दक्षिण पश्चिम क्षेत्रभरि फैलियो र सानातिना झड्काहरूले उक्त क्षेत्र नै थर्कियो । ज्वालामुखीबाट लाभा र तातो खरानी निस्केकाले वरपरका क्षेत्रमा रहेका मानिसलाई ज्वालामुखीको चार किलोमिटर परै बस्न भनिएको छ ।

एजेन्सी