रुपन्देहीमा विपद् ब्यवस्थापन गर्न विपद् ब्यवस्थापन संयन्त्र गठन हुने

प्रकाशित मिति:

सुरेश परियार ।

रुपन्देहीमा विपद् ब्यवस्थापन गर्न अन्तर स्थानीय विपद् ब्यवस्थापन संयन्त्र गठन हुदैँछ ।रुपन्देहीका १६ वटा स्थानीय मध्ये सैनामैना नगरपालिका,कञ्चन गाउँपालिका,गैडहवा गाउँपालिका र सुद्धोधन गाउँपालिका गरि चार स्थानीय तह मिलि विपद् ब्यवस्थापन संयन्त्र केही दिनमा गठन हुन लागेको सैनामैना नगरपालिका मेयर चित्र बहादुुर कार्कीले जानकारी दिए । मेयर कार्कीका अनुसार अन्र्तरपालिका विपद् ब्यवस्थापन तथा प्रतिकार्य योजना कार्यान्वयनका लागी आवश्यक पर्ने कार्य्विधी ड्राफ्ट समेत तयार भइसकेको र यसलाई यि चार स्थानीय तहले पारित गरे पछि लागु गर्ने बताए ।
उनले विपद् ब्यवस्थापन,प्रतिकार्य र उद्धारका लागी आवश्यक पर्ने सामाग्री नेपाल शसत्र प्रहरीलाई जिम्मेबारी दिने योजना तयार गरेको जानकारी दिनुभयो । शसत्र प्रहरीले चार स्थानीय तहमा जुनसुकै प्रकोपजन्य आकस्मीक घटनाहरुमा प्रतिकार्य,उद्धार र विपद् ब्यवस्थापन गर्न सक्रियाताका पुर्वक लाग्ने ब्यवस्था मिलाउने गरि अघि बढेको समेत मेयर कार्कीले जानकारी दिए । कुल बजेटको आकार अनुसार चारै स्थानीय तहबाट बजेट छुट्टाइने छ । तत्कालका लागी संयन्त्र गठन पछि करिब डेढ करोड बराबरको विपद् ब्यवस्थापन सम्बन्धी उपकरणहरु ल्याउने बताइएको छ ।जसमा एउटा दमकल र विपद्को ब्यवस्थापन सम्बन्धी सामाग्री उपलब्ध गराउने मेयर कार्कीले जानकारी दिए ।