सात सय पचास बर्ष अघिको दरवार पुननिर्माण गर्न ‘हात्तीस्थान तामेकोट समिट’ शुरु ।

प्रकाशित मिति:

वालिङ,पुस १६ गते : स्याङ्जाको गल्याङ नगरपालिका–५, स्यालबासमा ‘हात्तीस्थान तामेकोट समिट’ शुरु भएको हो । झण्डै सात सय ५० बर्ष अघिको ऐतिहासिक दरबार पुननिर्माण गर्न समिट शुरु शुरु भएको हो ।समिटको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुभारम्भ गर्नु भएको हो । तामेकोटमा करिब साढे सात सय वर्ष पहिले १४ कोठाको तीन तले दरबार रहेको इतिहास रहेको छ । अझै पनि दरबार र ऐतिहासिक ढुङ्गाका अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको बताइन्छ । राजा यौनलिप्त भएर राज्यप्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापतिसँग मिलेर राज्य संचालन गरेको कथन रहेको हात्तीस्थान तामेकोट समिट २०७८ का संयोजक डाक्टर शिवसंकर वस्यालले जानकारी दिनुभयो ।

पछि भयकोट, चन्द्रकोट र पैयुकोट गरि तीन भुरे राज्यले संयुक्त हमला गरि तामेकोट राज्य नियन्त्रणमा लिएको लोककथा स्थानीय माझ प्रचलनमा रहेको छ ।झण्डै १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिवद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको जानकारी डाक्टर शिवसंकरले जनाकारी गराउनु भएको छ ।समिटमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, ईन्द्रेणी समूहको प्रस्तुती, साँस्कृतिक कार्यक्रम, हात्तिस्थान फाउण्डेसनको शुभारम्भ, देशकै प्रबुद्ध अर्थशास्त्री, समाजशास्त्री, साहित्यकार, चलचित्रकर्मी, वैज्ञानिक, इतिहासकार, पुरातत्वविद, उद्योगपति, बैंकर तथा राजनितिज्ञहरुको उपस्थितिमा पुरातत्विक, पर्यटकीय, धार्मिक तथा एतिहासिक विषयवस्तुमा गहन अन्तरक्रिया लगाएतका कार्यक्रम समिटका आकर्षण रहेको संयोजक डाक्टर वस्यालले जानकारी दिनुभयो । समिट सम्पन्न गर्न ४० लाख लाग्ने बताईएको छ । समिटमा आम सर्वसाधारणसहितका सबैलाई निशुल्क सहभागी हुने व्यवस्था मिलाइएको छ । समिटमा सहभागी हुन जाने पाहुनालाई यातायात, खाने बस्ने राम्रो व्यवस्था गरिएको आयोजकले बताएको छ ।