योगेशलाई घरभाडा लिएको आरोप लागे पछि …..

प्रकाशित मिति:

काठमाण्डौ पुस १ 

काठमाण्डौमा घर भएर पनि सांसद भए वापत घरभाडा लिएको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टरार्इले अन्तत सांसद भएवापत पाउने घरभाडा नलिने घोषणा गरेका छन् ।

उनले आइतबार (आज)  एक विज्ञप्ति प्रकाशित गरी आफ्नो काठमाडौंमा घर भएकाले कुनै पनि बहानामा घरभाडा लिन नमिल्ने प्रष्ट्याएका छन् । उनले सांसद भएयता २०७४ फागुनदेखि यही मंसीरसम्म घरभाडा वापत १० महिनाको हुन आउने कुल ९० हजार रूपैयाँ संसद सचिवालयलार्इ फिर्ता गर्ने समेत जनाएकाछन् ।

उनले आफुले नियतबश भनदा पनि यस अघि लगतमा काठमाडौंमा घर भएकाले आफुले भाडा तिर्नु नपर्ने भनी अभिलेख पठाएकोमा संसद सचिवालयको त्रुटीका कारण भाडा लिनेको नाममा सुचीकृत भएको जानकारी विभिन्न संचारमध्यममा आएपछि आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

हेर्नुस् बिज्ञप्ती