वि पी काँग्रेस र जनता

प्रकाशित मिति:

( दुर्गा दाहाल, क्यालिफोर्निया )

वि। पी को छत्रछायामा हुर्किएको नेपाली काँग्रेस
बुढेसकालको शैय्यामा बसेर
एकटक हेरिरहन्छ, केवल हेरिरहन्छ
भविष्यको गन्तव्यहीन यात्रा बेख़बर

चालकको सीटमा बसेको अन्धो र बहिरो मान्छे
कसैको नसुनी मन्द गतिमा सुर्रिन्छ
न अतीतको सुन्छ न वर्तमानको
केवल बजाउँछ बाजा बेमौसमको

यात्रीहरू अनिश्चित, मूक र बादलग्रस्त
अन्यौल, आशंका र अविस्वासमा त्रस्त