काठमाडौं, १९ पुस । जेलमा रहेका सांसद रेशम चौधरीले आज नयाँ पार्टी दर्ता गर्दैछन् । चौधरीले आज झाँकीसहित निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराउने भएका हुन् । उनको पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ हो ।
डिल्लीबजार कारागारमा रहेकाले उनले आफ्नो नाममा नभई श्रीमतीको अध्यक्षतामा नयाँ पार्टी दर्ता गर्ने भएका हुन् । तर उनी आयोग जाने नजाने चाही टुंगो लागेको छैन् ।
सांसद चौधरी टिकापुर घटनामा ८ जनाको हत्या आरोपमा जेलमा छन् ।