जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते

प्रकाशित मिति:

काठमाडौं । उत्तरी जापानको साप्पोरो सहरमा रहेको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटका कारण रेष्टुराँ पूर्णरुपमा ध्वस्त भएको छ । विस्फोटलगत्तै कतिपय मानिस झ्यालका सिसा फोडेर भाग्ने क्रममा घाइते भएका हुन् ।

विस्फोटबारे अनुसन्धान थालिएको छ । विस्फोटपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । एक प्रत्यक्षदर्शीलाई उधृत गर्दै द जापान टाइम्स लेख्छ –विष्फोटको आवाज मेघ गर्जन जस्तै थियो । जापानी राष्ट्रिय समाचार संस्था एनएचकेका अनुसार विष्फोट भएको क्षेत्र आवास क्षेत्र नजिक पर्दछ ।