नेविसघ र तरुणदल कपिलवस्तुले निरन्तर जनताको दुःख, पीडामा हातेमालो गर्दै

प्रकाशित मिति:

कपिलबस्तु, २० पुस । दुःखको साथी, सबै जनताको विश्वास र जिउने सहरा कपिलबस्तु नेविस र तरुणदलले निरन्तर जनताको दुःख, पीडामा हातेमालो गर्दै आईरहेको छ ।नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी सघं कपिलवस्तु र तरुण दलले हुने संग लिने र नहुनेलाई दुःख पिडित परिवारालई निरन्तर सहयोगमा जुटेको छ ।
नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी सघं कपिलवस्तु र तरुण दलले वाणगंगाका एक विपन्न परिवारलाई क्रिया खर्च सहयोग गरेर पुन महान्, मनावीय कार्य गरेको छ । सामाजिक कार्यका लागी नेविसघं र तरुणदल कहिल्यै पछि नहति जनताका हरेक दुःखमा निरन्तर लागि परेको छ । कपिलबस्तुको वाणगंगा नगरपालिका–११ मैरीमा कमला थारुको परिवारलाई पनि क्रिया खर्चमा सहयोग गरिएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेललले जनकारी दिनुभयो । थारुको केही दिन पहिला मृत्यु भएको थियो भने, परिवारमा वुवाको १ वर्ष पहिले मृत्यु भएको थियो । थारुको पारिवारिक आर्थिक अबस्था कमजोर भएका कारण काजक्रिया गर्नका लागि समस्या सिर्जना भएको आफूहरुले सुनेको र सहयोग गरेको कांग्रेस कपिलवस्तुका सचिव एवम् जिल्ला सभापति शक्तिसिंह ठकुरीले बताए ।


ठकुरीले जिल्लामा मानवीय कार्यमा आफूहरुले सहयोग गर्दै आएको र बताउँदै त्यही प्रकिृतिका कार्यक्रमहरुलाई निरन्तता दिएको बताए । नेविसंघ र तरुण दलले परिवारलाई आवश्यक पर्ने चामल, आलु , तेल , नुन, प्याज, सोयाविन, पिठो, मसला, तिल, चिनि, भुजा, चियापत्ति प्लाष्टिकका ग्लास र थालहरु, सिरक, डसना झुल , सिरानी , तन्ना , प्लाष्टिक को वाल्टी सहित नगद रु ७ हजार पिडित परिवारलाई सहयोग गरेको हो । विपन्न परिवार र १३ औ दिनको काजक्रिया उम्काउन समस्या भएको स्थानीइ कांग्रेसका कार्यकर्ताहरुले खवर गरेपछि नेविसघं र तरुणदल कपिलवस्तुले सहयोग गरेको हो ।

यस्तै नेविसंघ र तरुणदल कपिलवस्तुले आमा वुवा विना का बालबच्चाको पठनपाठन का लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सहयोग कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मङल प्रसाद थारु, कपिलबस्तु जिल्ला समन्य समितिका उपप्रमुख तारावती चौधरी , नेविसघं का प्रदेश सहसचिव खिमानन्द घिमिरे , दुर्गा सेन ,रवि काफ्ले , टेक बहादुर शाहि , प्रविन पौडेल , मधुसुधन भुसाल , नारायण आचार्य , गणेस ढुङ्गना , भग्गु प्रसाद थारु, श्याम कुमार गुप्ता, रामनारायण थारु , असलम खान , पदम प्रताप सेन र नविन ढुङ्गना लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।