स्थानीय तहका कर्मचारी आन्दोलित , नगरपालिकाको काम प्रभावित

प्रकाशित मिति:

ललित पाण्डेय \रुपन्देही, २ पुष ३५ वर्षदेखि रुपन्देहीको सैनामैनामा स्थानीय तहमा कार्यरत टोपलाल पौडेलको अवकाश प्राप्त हुने बेला भयो । तर पौडेल अहिले भने आन्दोलनमा उत्रिएका छन । सरकारले जारी गरेको कर्मचारी संमायोजन अध्यादेश २०७५ मा स्थानीय तहमा कार्यरत कर्मचारीलाई समेट्न नसकेको भन्दै आन्दोलित भएको ५७ वर्षिय टोपलाल पौडेलले बताए । निजामती कर्मचारी सरह सेवा सुविधा र सम्मानजनक समायोजन नभएको भन्दै स्थानीय तह ट्रड युनियन संयुक्त आन्दोलन परिचालन समितिले सुरु गरेको आन्दोलनमा साथ दिएको उनले सुनाए ।

साविक पर्रोहा गाविस हुँदा कार्यालय सहयोगीबाट सेवा सुरु गरेका पौडेल अहिले सैनामैनाको वडा नं. २ मा कार्यरत रहेका छन । ३५ वर्षसम्म कार्यालयमा सेवागरे पनि अवकाश प्राप्त गर्ने समयमा पनि राज्यले उपेक्षा गरेको उनले गुनाशो गरे । मंसिर २८ गतेदेखि आन्दोलनमा उत्रिएका कर्मचारीले तेश्रो दिन कार्यालयको काम नै ठप्प पारेर देशभरका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएको नेपाल नगरपालिका कर्मचारी एशोशियसन सैनामैना ईकाई अध्यक्ष रमेश प्रसाद आचार्यले बताए । स्थानीय तहका कर्मचारीलाई पनि एक तह स्वतः बढुवा गर्नुपर्ने मागलाई कर्मचारी संगठनले जोडबलका साथ उठाएका छन्न । मुख्य तिन बुदे माग सहित पुष १० गतेसम्म पहिलो चरणको आन्दोलन गरेको आचार्यले बताए । केन्द्रबाट समायोजन भएर जाने कर्मचारीसँगै स्थानीय तहका कर्मचरीको पनि समायोजन गर्नुपर्ने माग अघि सारेका छन । स्थानीय तहमा कार्यरत साढे ६ हजार अस्थायी कर्मचारीलाई स्थायी गर्न पनि उनीहरुको माग छ ।

पौष ३,४ र ५ गतेसम्म लगातार विहान १० बजेदेखि १२ बजे, १० देखि २ र १० बजेदेखि ३ बजेसम्म हातमा कालोपट्टि बाधि कामकाज ठप्प पार्ने र ६ गतेदखि १० गतेसम्म सबै स्थानीय तहका कार्यालयहरुमा कालोपट्टि बाधि दिनभर कामकाज ठप्प पार्ने गिरीले जानकारी दिए ।स्थानीय तहका कर्मचारीहरु आन्दोलित हुँदा नगरपालिकाको काम भने प्रभावित भएको छ । योजना सञ्चालन , कर अशुली, चारकिल्ला नागरिकता सिफारिस, पञ्जिकरण लगायत नगरपालिकाबाट प्रवाह हुने दैनिक काम प्रभावित भएका छन । यसले गर्दा सेवा ग्राही मर्कामा परेका छन । देशभर करिब २३ हजार स्थानीय तहमा कार्यरत कर्मचारी रहेका छन ।