उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिदै, आजै निर्वाचन चिह्न प्रदान गरिने

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो । ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको थियो । सोही अनुसार आज निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । यस्तै, आजै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ । प्रदेश नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ । यस्तै प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि उम्मेदवारी दिएको छ । बागमती प्रदेशमा भने नेपाल मजदुर किसान पार्टीको पनि उम्मेदवारी परेको छ ।