राष्ट्रिय स्वाधिनताको प्रश्नमा सरकार गम्भीर नदेखिएको नेकपा क्रान्तीकारी मओवादीका महासचिव बैद्यको आरोप

प्रकाशित मिति:

राष्ट्रिय स्वाधिनताको प्रश्नमा सरकार गम्भीर नदेखिएको भन्दै नेकपा क्रान्तीकारी मओवादीका महासचिव मोहन बैद्यले आपत्ति जनाएका छन् । महासचिव बैद्यले रिपुलेख र भारतसंगको सीमानाको सवालमा सरकारले कुनै नबोलेको भन्दै रोष प्रकट गरेका हुन । दाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वैद्यले जनताको पक्षमा सिंङको समेत नभाच्ने वर्तमान सरकार कम्युष्टि सरकार हुनै नसक्ने ठोकुवा समेत गरे ।निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरु पक्राउ नपर्नु, अत्यधिक कर बढाउनु, महंगी उत्कर्षमा पुगाउनुले सरकारले जनअधिकारको अपहरण गरेको बैद्यले तर्क गरे । भ्रष्टचार उत्कर्षमा रहेको दाबी गरेका उनले देशका एक तिहाइ युवा विदेश जान बाध्य पारिएको, लोडसेडिङ घटाउने बहानामा यहाँका प्रसस्तै खोलानाला वाट विद्युत उत्पादन नगरी भारत बाट विद्युत खरिद गरेर उसैलाई पोस्ने काम भएको महासचिव बैद्यले दाबी गरे ।

महिना वितिसक्दा समेत बुहमतको सरकारले केही विश्वसनिय काम गर्न नसकेको भन्दै उनले कामै नगरेको भएपनि प्रधानमन्त्रीले काम धेरै धेरै भएको छ भन्नु आँफैमा मजाग भएको उनको धारणा थियो ।
त्यस्तै उनले ओली नेतृत्वको सरकार र यो गठवन्धन समेत धेरै नटिक्ने भविस्यबानी गरेका थिए ।
फरक प्रशंगमा उनले विप्लवले राजनीति लुकाएको बताएका छन् । बैद्यले नेकपाका महासचिव विप्लवले राजनीति लुकाएको र राजनीतिलाई रहस्यमय गराउन खोजेको दोषारोपन गरे । उनले विप्लवको राजनीति कसरी भइरहेको छ भन्ने सवालमा आफुलाई भित्रिकुरा जानकारी नभएको बताए ।