पत्रकार दिलिप भट्टराई घाइते

प्रकाशित मिति:

नेपाल क्यान्सर सपोर्ट गु्रपका केन्द्रीय उपाध्यक्ष, सामाजिक अभियन्ता तथा अग्रज पत्रकार दिलिप भट्टराई सोमबार दिउँसो करिब १२ बजे आफ्नै निवास नजिक सडकमा लडेर घाइते भएका छन् । सिद्धार्थनगर–८ स्थित आफ्नै निवास नजिकै उनी लडेर घाइते भएका थिए ।
उनी लडेको स्थानमा सडक निर्माणाधिन अवस्थामा रहेको युवा समाजसेवी ओम कुमार श्रेष्ठले बताए । टाउकोमा चोट लागि बेहोस भएका भट्टराईको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । यद्यपी भट्टराईले भने आफुलाई मोटरसाइकलले ठक्कर दिदां लडेर घाइते भएका कुरा आफुलाई बताएको श्रेष्ठले बताए ।