नारायणगढ बुटवल सडकखण्डको दूरी छोटींदै

प्रकाशित मिति:

बुटवल–नारायणगढ सडकखण्डलाई स्तरोन्नति गरेर चार लेनको बनाएपछि एक घण्टा ३० मिनेटमा नै नारायणगढबाट बुटवल पुगिने भएको छ । १२५ किलोमिटर दूरीको सडकमा अहिले यात्रा गर्न तीन घण्टा लाग्दै आएको छ । सडक निर्माणका लागि अबको दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ । एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले भने ‘हामी सरर डेढ घण्टा नारायणगढबाट बुटवल पुग्ने गरी सडक बनाउने छौँ, अहिले भन्दा गाडीको स्पट बढाउने गरी सडक विस्तार हुँदैछ । अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ, जसलाई विभागले अब चार लेनको बनाउने छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको थियो ।सडकको दुई्दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने छ ।

अबको तीन वर्षमा बुटवल नारायणगढ सडक विकसित देशका सडकजस्तै बन्ने दाबी गरिएको छ । यो सडकखण्डको छेउमा रहेका बस्तीहरूका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो ।२८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ । इन्जिनियर शर्माले नेपालका अन्य राजमार्ग सडकभन्दा बुटवल नारायणगढ सडक फरक बन्ने बताए ।
यो खण्ड विस्तार गरिसक्न तीन वर्ष ३ लाग्ने छ । नारायणगढ–बुटवल खण्ड पूरै भाग चार लेनको हुने छैन । दाउन्नेको उकालो र ओरालो भाग तीन लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ । त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएको छैन ।