‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानिय तहका कर्मचारीहरुद्धारा देशभर कामकाज ठप्प

प्रकाशित मिति:

स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभर कामकाज ठप्प पारेका छन् । ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई विभेद गरेको निश्कर्ष निकाल्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरुले सोमबार देशभरका सबै स्थानीय तहको कामकाज ठप्प पारेका हुन् । यता वुटवल उपमहानगरपालीका सहित देशका स्थानिय तहका कर्मचारी आन्दोलीत भएको हुन । कोन्द्रिय कार्यक्रम अनुसार कामकाज नै बन्द गरेर आन्दोलन उत्रिएको प्रदेश ५ संयोजक सितु प्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाका अनुसार हातमा कालोपट्टी बाँध्नेदेखि अनिश्चितकालसम्म कामकाज ठप्प पारेर फोहोर उठाउन बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । नेपाल कर्मचारी एशोसिएसन बुटवलका अध्यक्ष ठगिश्वर पोख्रेललेस्थानीय तहमा कामकाज बन्द गरी धर्ना दिने कार्यक्रम अनुसार वुटवल उपमहानगरपालीका मा पनि धर्ना निईएको बताउनुभयो ।
यसैविच आन्दोलनका कार्यक्रमहरु अन्तर्गत सिदार्थनगर नगरपालिकाका कर्मचारिहरुले पनि आज धर्ना बसेका छन् ।