खुमलटारमै आइसाेलेसनमा छन् प्रचण्ड

प्रकाशित मिति:

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनदेखि खुमलटारमै छन् ।पार्टीको आठौं महाधिवेशन सकिएको दुई दिनपछि अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको थियो। उनीसहित माओवादीका दर्जन बढी नेता कोरोना भाइरसबाट संक्रमित भएपछि पार्टीका आन्तरिक कामहरू रोकिएका छन् ।

आठौं महाधिवेशन ८ दिन लगाएर सकेका प्रचण्ड त्यस बीचका दौडधुपमा रहँदा कोरोना संक्रमणको घेरामा परेका थिए । उनको निजी सचिवालयका अनुसार अहिले उनी घरमै आइसोलेसनमा छन् । घरमै आइसोलेसनमा रहेका उनले नियमित भेटघाट बन्द गरेका छन् ।आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएको थियो । लगत्तै, हिजो २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक नेताहरूमा कोरोना संक्रमण देखिएका कारण ८ माघसम्म सारिएको छ ।

महत्वपूर्ण मानिने पार्टीको पदाधिकारी केन्द्रीय कमिटीको दोस्रो बैठकबाट चयन हुने माओवादीले बताएको थियो । तर, बैठक नै प्रभावित हुँदा पदाधिकारी चयनको विषय अन्यौल बन्दै गएको छ ।