कपिलधाममा माघ २, ३ र ४ गते चौथों बाणगंगा नगर स्तरिया माघी महोत्सव हुने

प्रकाशित मिति:

कपिलवस्तु २६ पुस । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बाणगंगा नगर स्तरीय माघी महोत्सव हुने भएको छ ।
थारु कल्यणकारी बाणगंगा नगर सभाले सोमबार पत्रकार सम्मेलन गरी माघ २, ३ र ४ गते चौथों बाणगंगा नगर स्तरिया माघी महोत्सव गर्ने र आवश्यक तयारी पूरा भएको जनाएको छ । त्यस्तै यस बर्ष माघी महोत्सवको उद्घाटन पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले गर्ने नगर अध्यक्ष भग्गु प्रसाद थारुले बताउँनुभयो । उहाँले ‘हम्मनके भाषा आवर संस्कृति राष्ट्र के शान, संरक्षण आउर प्रवद्र्धन कइना हम्मन के अभियान’ भन्ने मुल उद्देश्यको साथ यस बर्ष माघी महोत्सव कपिलधाममा मनाउँन लागेको बताउँनुभयो ।
त्यस्तै सोमबार पत्रकार सम्मेलन कार्यक्रममा थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय सदस्य भोजराज थारुले माघी र थारु समुदाय विचको सामाजिक, संस्कृतिक र आर्थिक महत्वबारेमा स्पष्ट पर्नुभयो । उहाँले माघीलाई थारु समुदायको नयाँ आर्थिक बर्षको रुपमा लिने र थारु समुदाय संग माघी अन्र्तसम्बन्ध रहेकोले यसलाई निरन्तरता दिनुपर्ने बताउँनुभयो । उहाँले थारु समुदायको माघी (खिचडी) महोत्सव (नयाँ बर्ष २०७८) लाई सफल बनाउँन सबैको सहयोग र सहकार्यहुन जरुरी रहेको बताउँनुभयो ।
थारु कल्यणकारी सभा नगर अध्यक्ष भग्गु प्रसाद थारुको अध्यक्षता, उपाध्यक्ष ऋषिराम थारुको स्वागत र पत्रकार कमल चौधरीको संचालन रहेको पत्रकार सम्मेलनमा थारु कल्यणकारी जिल्ला सल्लहकार महदेव थारु, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारी लगायतले बोल्नु भएको थियो । यस बर्ष महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्षा रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिने आयोजकले पत्रकार सम्मेलनमा जनकारी गरेको छ । त्यस्तै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने नगर उपध्यक्ष तथा संस्कृतिक समितिका संयोजक ऋषिराम थारुले बताउँनुभयो ।
त्यस्तै माघी पर्वको पूर्वसन्ध्यमा माघ २ गते बृहत रक्तदान कार्यक्रमको अयोेजना गरिने, माघी महोत्सवमा बयोबृद्धहरुलाई सम्मान कार्यक्रमको अयोजना गरिने अध्यक्ष भग्गु प्रसाद थारुले जनकारी दिनुभयो ।