छोराले गरे आमाको हत्या

प्रकाशित मिति:

दैलेख, २ पुस

जिल्लाको सदरमुकामस्थित नारायण नगरपालिका ३ भुर्तिमा एक युवकले आफ्नी आमाको हत्या गरेका छन् ।

स्थानीय २६ वर्षीय मानसिक सन्तुलन गुमाएका वालाराम नेपालीले ४६ वर्षीया आमा पार्वती सार्कीलाई सोमबार दिउँसो घरमै बसिरहेको अवस्थामा कोदालोले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ। वालारामले पार्वतीलाई बचाउन गएका अन्य तीन जनालाइ समेत कोदालो प्रहार गरेका थिए ।

कोदालो प्रहारबाट ७० वर्षीया जुहारा नेपाली, मनिसरा नेपाली र कौशिला नेपाली घाइते भएकी छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ। छिमेकीले तत्काल प्रहरीमा घटनाबारे खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले वालारामलाई पक्राउ गरेको छ।